यी प्रदेशमा भारी वर्षाको सम्भावना

यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ - हाल नेपालमा मनसुनी वायुका साथै भारतको उडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी र बागमती प्रदेशका थोरै स्थानमा साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई...

कामपाले दियो नगरवासीलाई कर छुट सुविधा

कामपाले दियो नगरवासीलाई कर छुट सुविधा
काठमाडौं - काठमाडौं महानगरपालिकाले चालु आवका लागि करदातालाई कर छुट सुविधा उपलब्ध गराएको छ । कामपाले उक्त सुविधा आर्थिक ऐन, २०८० अनुरूप उपलब्ध गराएको हो । उक्त सुविधा कामपामा स्थायी बसोबास भएका व्यक्तिलाई नागरिकता, मतदाता परिचयपत्र वा बसाइँसराइ प्रमाण पत्रका आधारमा दिइनेछ । उपलब्ध गराइएका कर छुटका शीर्षकमा सम्पत्ति कर, बहाल कर, व्यवसाय करमा अवधि तोकेर छुट सुविधा उपलब्ध गराइएको छ । छुट सुविधा ...

वीरगन्जमा खानेपानीको हाहाकार : ट्याङ्करबाट टोलटोलमा पानी वितरण गरिँदै

वीरगन्जमा खानेपानीको हाहाकार : ट्याङ्करबाट टोलटोलमा पानी वितरण गरिँदै
वीरगन्ज - खानेपानीको ठूलो समस्या भोग्दै आएका महानगरवासीलाई वीरगन्ज महानगरपालिकाले ट्याङ्करबाट टोलटोलमा पानी वितरण गर्ने कार्यलाई तीव्रता दिएको छ । महानगरले ट्याङ्करबाट पानी वितरण गर्नुका साथै विभिन्न स्थानमा अस्थायी ट्याङ्की नै राखेर पानी वितरणको व्यवस्था मिलाएको हो । महानगरले वडामा पानी वितरणका लागि समयतालिका नै सार्वजनिक गरेको छ । नगरवासीको जनजीवन सहज बनाउन महानगरले समय नै तोकेर पानी वितरणका ...

द्वन्द्व विश्व शान्तिका लागि समस्या – अध्यक्ष ओली

द्वन्द्व विश्व शान्तिका लागि समस्या – अध्यक्ष ओली
काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्व विश्व शान्तिका लागि समस्या भएको बताउनुभएको छ । लतिलपुर च्यासलस्थित पार्टी मुख्यालयमा आज वल्र्ड पिस काउन्सिलका दक्षिण एसियाका प्रतिनिधिसँगको अन्तक्र्रियामा उहाँले केही देशमा भइरहेको द्वन्द्व विश्व शान्तिका लागि चुनौतीका रूपमा रहेकोे बताउनुभयो । “कतिपय ठूला देशले अन्य मुलुकमा द्वन्द्व र तनाव सिर्जना थप्ने काम गरेका छन्”, उहाँले भन्नुभयो...

कांग्रेस नेता निधिद्वारा केन्द्रीय समितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोज आयोजना

कांग्रेस नेता निधिद्वारा केन्द्रीय समितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोज आयोजना
काठमाडौं - नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आज पार्टीको केन्द्रीय कार्यसमितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोजको आयोजना गर्नुभएको छ । रात्रिभोजमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति, महामन्त्री, पदाधिकारी तथा केन्द्रीय सदस्य, पार्टीबाट प्रतिनिधित्व गर्नुहुने मन्त्री, सांसदलगायतको उपस्थिति थियो । सो अवसरमा सभापति देउवाले नेता निधिलाई रात्रिभोज आयोजना गर्नुभएकोमा धन्यवाद दिनुभएको थि...

कर्णालीका भेडापालक कृषकलाई ६८ लाख ‘हेरालो भत्ता’

कर्णालीका भेडापालक कृषकलाई ६८ लाख ‘हेरालो भत्ता’
कर्णाली - कर्णाली प्रदेश सरकारले यहाँका चार सय ४० पशुपालक कृषकलाई रु ६८ लाख ७३ हजार ‘हेरालो भत्ता’ दिएको छ । प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्ष २०७९र८० मा यहाँका हिमाली चार जिल्लाका भेडा च्याङ्ग्रापालक कृषकलाई ‘हेरालो भत्ता’ उपलब्ध गरेको हो । मन्त्रालयअन्तर्गत पशुपक्षी विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक कृष्णप्रसाद पङ्गेनीका अनुसार ‘हेरालो भत्ता’ का...

नियमित कार्यालय नआउने कर्मचारीको हाजिरीमा नगरपालिकाको रातो मसी

नियमित कार्यालय नआउने कर्मचारीको हाजिरीमा नगरपालिकाको रातो मसी
खोटाङ - दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बिनाजानकारी कार्यालयमा अनुपस्थित हुने र कार्यालय छाड्ने चार जना कर्मचारीको हाजिरी पुस्तिकामा रातो मसी लगाइदिएको छ । बिनाजानकारी कार्यालय नआउने र कार्यालय छाडेर हिँडेको भन्दै नगरपालिकाका आलेप अधिकृत मोहन भट्टराई र अधिकृत छैटौँ रामप्रसाद आचार्यको चार–चार दिन, लेखापाल नवराज रिजालको एक दिन र अमिन सुमनकुमार देवको सात दिनको हाजिरी पुस्तिकामा नगरपालिकाले रातो ...

‘मिस युनिभर्स नेपाल’ मा विवाहित, आमा र जुनसुकै तौलकाले सहभागी हुन पाउने

‘मिस युनिभर्स नेपाल’ मा विवाहित, आमा र जुनसुकै तौलकाले सहभागी हुन पाउने
काठमाडौँ  -‘मिस युनिभर्स’मा नेपालका प्रतिनिधि पठाउने उमङ क्रियशनले यो वर्षको ‘मिस युनिभर्स नेपाल २०२३’ को सुरुआत गरेको छ । आज पर्यटन बोर्डको हलमा एक समारोहको आयोजना गर्दै आगामी संस्करणमा सहभागी हुन झनै फराकिलो दायरा बनाएको घोषणा गरिएको छ । यस प्रतियोगिताका राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले सहभागिताको मापदण्डलाई खुकुलो बनाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो प्रतियोगिता सबैका लागि होस् भ...

रेडी ट्रेडको गोदामबाट बरामद अधिकांश कार्टुन खोलिएको फेला

रेडी ट्रेडको गोदामबाट बरामद अधिकांश कार्टुन खोलिएको फेला
काठमाडौँ - राजस्व अनुसन्धान विभागको टोलीले हिजो काठमाडौँको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदामबाट बरामद गरेको ६६ कार्टुनमध्ये धेरै कार्टुन खोलिएको फेला परेको छ । विभागले सुन लुकाएको आशङ्कामा गोदाममा छापा मारेर ती कार्टुन बरामद गरेको थियो । ती कार्टुनहरू साउन ३ गते सिनामङ्गलबाट ‘ब्रेक शु’ भित्र लुकाएर ल्याएको सुनको कार्टुनको आकारका कार्टुनहरू थिए । “हेर्दा धेरै कार्टुनहरू खोलिएको फेला परेको छ, य...

पत्रकारलाई कानुनबमोजिम सुविधा नदिए सरकारी सुविधा कटौती

पत्रकारलाई कानुनबमोजिम सुविधा नदिए सरकारी सुविधा कटौती
काठमाडौं - न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चारकर्मीलाई श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ र नियमावली, २०५३ तथा विद्यमान कानुनले प्रत्याभूत गरेको सेवा सुविधा उपलब्ध गराउन सञ्चार प्रतिष्ठानको ध्यानाकर्षण गराएको छ । विभिन्न सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारलाई नियमित पारिश्रमिक उपलब्ध नगराउने, कानुनविपरित बर्खास्त, सरुवा, बढुवा गरिएको विषय सार्वजनिक भएसँगै समितिले प्र...