सन्दर्भ रक्तसञ्चार दिवस : चितवनमा सधैँ रगत अभाव

सन्दर्भ रक्तसञ्चार दिवस : चितवनमा सधैँ रगत अभाव
चितवन - मेडिकल सिटीको पहिचान बनाउँदै गएको भरतपुरमा रगतको माग बढ्दै जाँदा वर्षभरि नै अभाव हुने गरेको छ । भरतपुर रक्त सञ्चार प्रादेशिक कार्यालयले सङ्कलन गरेको रगतले ६० प्रतिशत माग मात्रै धान्ने गरेको छ । जिल्लामा उपचारका लागि आउने स्थानीयवासी र छिमेकी जिल्लाका बिरामीका आफन्त दैनिक रगतको अभावमा भौतारिने गरेका छन् । रगत नपाएपछि उनीहरु इष्टमित्र आफन्त र सामाजिक अभियान्ता गुहारेर रगतको जोहो गर्न बाध्...

पनौतीमा पर्यटक सूचना केन्द्र

पनौतीमा पर्यटक सूचना केन्द्र
काभ्रे - काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं परातात्विक नगर पनौतीमा पर्यटक सूचना केन्द्र स्थापना गरिएको छ । पनौती पर्यटन विकास केन्द्रको १५ औँ स्थापना दिवसका अवसरमा सम्पदा क्षेत्र अवस्थित ७ नं वडामा केन्द्रको स्थापना गरिएको हो । बाग्मती प्रदेश सरकारका खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाले एक कायक्रमका बीच बिहीबार उक्त केन्द्रको कार्यालय उद्घाटन गर्नुभयो । उहाँले पनौतीलाई धार्मिकरुपमा चिनाउन,...

’अझै निर्माण सम्पन्न भएन गोरखामा ‘सिटीहल’

’अझै निर्माण सम्पन्न भएन गोरखामा ‘सिटीहल’
गोरखा - गोरखा सदरमुकामस्थित गोरखा नगरपालिका–७ नयाँबजारमा निर्माणाधीन सिटीहलको काम झन्डै सात वर्ष बितिसक्दासमेत अझै अपूरो छ । निर्माण कम्पनीले विसं २०७४ माघमा तीन वर्षभित्रमा सम्पन्न गर्ने ठेक्का सम्झौता गरेको सिटीहल निर्माणको काम अहिलेसम्म ६० प्रतिशतमात्र सम्पन्न भएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख सुरज पौडेलले बताउनुभयो । ठेक्का सम्झौताको चौथोपटक थपिएको म्यादसमेत सकिनै लागेको छ...

कानुन विषय पढ्न विद्यार्थी आकर्षित,अध्यापन गराउने शिक्षक अभाव

कानुन विषय पढ्न विद्यार्थी आकर्षित,अध्यापन गराउने शिक्षक अभाव
भजनी - कैलालीको टीकापुरमा कानुनतर्फ ‘बिएएलएलबी तह’को अध्यापन सुरु भयो । सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसले कानुनको अध्यापन गराउन तीन वर्षमै अध्ययनरत विद्यार्थीलाई अन्य क्याम्पसमा पठाउनुपर्यो । कारण हो, जनशक्ति नपाउँदा । क्याम्पसले ‘एलएलएम’ तह उत्तीर्ण शिक्षकका लागि पटक–पटक सूचना जारी गर्दा पनि दर्खास्त नपरेपछि कानुन विषयलाई नै रोक्नुपर्यो । अध्ययनका लागि आएका बि...

कोषले मुनाफाभन्दा बढी सञ्चयकर्ताको हित हेरेको छ : प्रशासक धिताल

कोषले मुनाफाभन्दा बढी सञ्चयकर्ताको हित हेरेको छ : प्रशासक धिताल
काठमाडौँ - आम कर्मचारीको हितका लागि स्थापित कर्मचारी सञ्चय कोषले छ दशक बढीको यात्रा तय गरेको छ । कूल रु पाँच खर्ब बराबरको कोष परिचालन गरेर सो संस्थाले कर्मचारीको समग्र सेवा र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको छ । नेपालको पूर्वाधार क्षेत्र विशेष गरी जलविद्युत् आयोजनामा लगानी गर्ने अग्रणी संस्थाका रुपमा पनि कोष स्थापित छ । बेतन कर्णाली जलविद्युत् आयोजना सहायक कम्पनीमार्फत निर्माण ग...

श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्न माग

श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्न माग
काठमाडौँ - नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले न्यूनतम पारिश्रमिक बोर्ड मार्फत चाँडो श्रमिकको पारिश्रमिक तोक्न माग गरेको छ । नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गरी नेपालको श्रम ऐन, २०७४ ले श्रमिकको न्यूनतम पारिश्रमिक हरेक दुई÷दुई वर्षमा त्रिपक्षीय सहमतिका आधारमा निर्धारण हुने व्यवस्था गरेको स्मरण गराउनुभएको छ । उहाँले सो प्रावधान ...

राजीनामा मागिहाल्ने संस्कार राम्रो भएन : प्रधानमन्त्री दाहाल

राजीनामा मागिहाल्ने संस्कार राम्रो भएन : प्रधानमन्त्री दाहाल
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उद्देश्यका लागि प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो नभएको बताउनुभएको छ । इटाली भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले राजीनामा दिने भए देऊ, नभए सदन चल्दैन भनेर विपक्षीले गरेको अवरोध राम्रो नभएको बताउनुभयो । उहाँले...

मंसापुरमा युवकको शव भेटियो

मंसापुरमा युवकको शव भेटियो
राजविराज - सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ मंसापुरमा आज एक युवकको शव भेटिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वाका २२ वर्षीय तीर्थनारायण मण्डलको शव भेटिएको हो । यस्तै हनुमानगर कंकालिनी–१० कै अजय मण्डल गम्भीर घाइते अवस्थामा भेटिएका छन् । उनलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएको छ । प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिन...

पाँच दिनदेखि बालक बेपत्ता

पाँच दिनदेखि बालक बेपत्ता
बैतडी - बैतडीको पञ्चेश्वर गाउँपालिका–४ कनिना डङाका १४ वर्षीय रमेश भट्ट बेपत्ता भएका छन् । उनी पाँच दिनदेखि सम्पर्कमा छैनन् । सुस्तमनस्थितिका भट्ट गत आइतबारदेखि घरबाटै बेपत्ता भएका हुन् । उनको परिवारले खोजतलास गरिदिन प्रहरीमा निवेदन दिएको छ । भट्टको खोजी जारी रहेको र हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

दाङमा २९८ घरेलु उद्योग बन्द

दाङमा २९८ घरेलु उद्योग बन्द
घोराही - दाङमा आर्थिक वर्ष २०७९÷८० मा दुई सय ९८ घरेलु तथा साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लालबहादुर गुरुङका अनुसार वाणिज्यतर्फ तीन सय २३ साना उद्योग बन्द भएका छन् । बन्द हुनेमा उत्पादनमूलक उद्योग ५४, पर्यटन उद्योग ४८ र सेवामूलक उद्योग ५६ रहेका छन् । कार्यालयमा आएर आधिकारिकरूपमा बन्द गराउनेको सङ्ख्या न्यून भएको उहाँले बताउनुभयो । जिल्लामा आव २०७९÷८० मा सात ...