जबर्जस्ती करणीको आरोपमा अहेवमाथि मुद्दा चलाइयो

जबर्जस्ती करणीको आरोपमा अहेवमाथि मुद्दा चलाइयो
चालीस वर्षीय महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा बुलिङटार गाउँपालिका–४ अर्खला स्वास्थ्य चौकीमा कार्यरत अहेव टोकबहादुर सुस्लिङमाथि जिल्ला प्रहरी कार्यालय नवलपुरले मुद्दा चलाएको छ । प्राप्त उजुरीका आधारमा छैटौँ तहमा कार्यरत अहेव सुस्लिङमाथि मुद्दा चलाएको हो । अहेव सुस्लिङ फरार रहेकाले उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । “माघ २ गते बिहीबार साँझ सुस्लिङले ती ...

चोरिएको मूर्ति तीन वर्षपछि फेला

चोरिएको मूर्ति तीन वर्षपछि  फेला
प्रसिद्ध धार्मिक मन्दिर चन्दननाथको मुख्य मूर्ति तीन वर्षपछि फेला परेको छ । मन्दिरबाट चोरिएको करिब १८ किलो चाँदीको दत्तात्रयको मुख्य मूर्ति खेतको आलीमा भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । विसं २०७३ मङ्सिर ११ गते राति मन्दिरबाट मूख्य मूर्तिसहित दर्जनौँ बहुमूल्य मूर्ति चोरिएका थिए । आज बिहान चन्दननाथ नगरपालिकाको दानसाँघु भन्ने ठाउँमा खेतको आलीमा बेवारिसे अवस्थामा फेला परेको हो ।...

अन्तःशुल्क घट्यो

अन्तःशुल्क घट्यो
आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको पहिलो छ महिनामा कूल रु तीन अर्ब ५१ करोड ५३ लाख नौ हजार राजश्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा करिब २८ प्रतिशतले कमी हो । कार्यालयले सो अवधिमा रु चार अर्ब ४९ करोड ६३ लाख ५५ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । गत वर्ष सो अवधिमा कार्यालयले रु तीन अर्ब १८ करोड १३ लाख ३१ हजार राजश्व सङ्कलन गरेको कार्यालय प्रमुख विमल सापकोटाले ज...

जीवन जिउन वृद्धको दाम्लो सहारा

जीवन जिउन वृद्धको दाम्लो सहारा
पुस माघको कठ्याङ्ग्रिदो जाडो । त्यसमाथि बाक्लो हुस्से, उस्तै चलेको छ सिरेटो । शीतलहरका कारण लपक्कै भिजेको छ सबैतिर । यस्तो अवस्थामा घरभित्र सुरक्षित वस्तु, न्यानो कपडा लगाउन, आगो ताप्न, तातो खानेकुरा खान कसलाई मन हँदैन र ? तर लुगलुग काम्दै बिहान झिसमिसेदेखि नै सडकपेटीमा दाम्लो बाट्न निस्कनु पर्ने बाध्यता छ ८५ वर्षीय वृद्ध लक्ष्मीप्रसाद दाहाललाई । कनकाई नगरपालिकाको दुर्गापुरमा डेरा गरी ब...

शिशु मृत फेला

शिशु मृत फेला
झापाको मेचीनगर नगरपालिका–६ स्थित बर्मेली टोलीमा आज बिहान सालनालसहितको शिशु मृत फेला परेको छ । बर्मेलीटोलस्थित सडक किनारमा भर्खरै जन्मिएको शिशुलाई मारेर कसैले फ्याँकेको हुन सक्ने प्रहरीले जनाएको छ । स्थानीयले खबर गरेलगत्तै इलाका प्रहरी कार्यालयबाट आएको प्रहरीले शिशुको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा पठाएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक र...

आवश्यकता पुरा हुने सहायता स्वीकारौँ : सहमहामन्त्री महत

आवश्यकता पुरा हुने सहायता स्वीकारौँ : सहमहामन्त्री महत
नेपाली काँग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले देशको आवश्यकता र स्वार्थ पुरा हुने सहयोग र सहायता स्वीकार गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीले आज यहाँ गरेको पत्रकार सम्मेलनमा उहाँले अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाली जनताको हित र आवश्यकताको पक्षमा रहेकाले आफ्नो पार्टीले समर्थन गरेको उल्लेख गर्नुभयो । देशको आवश्यकता र स्वा...

बाँकेमा दिनहुँ बढ्दै अपराध

बाँकेमा दिनहुँ बढ्दै अपराध
केही वर्षयता बाँकेमा आपराधिक घट्ना बढ्दै गएका छन् । पछिल्लो पाँच वर्षयता आपराधिक घटनामा वृद्धि हुँदै गएको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्कले देखाएको छ । सङ्गठीत अपराध, चन्दा आतङ्क, महिला हिंसा, हत्याजस्ता गम्भीर प्रकृतिका घटनामा प्रहरीले सूक्ष्म अनुसन्धान गर्न नसक्दा अपराधको दर उच्चरुपमा बढेको हो । विगतभन्दा पछिल्लो वर्ष हत्या, बलात्कार, अपहरण, लागुऔषध कारोबार, चोरी डकैतीजस्ता...

सुन्तला बिक्रीबाट २५ लाख आम्दानी

सुन्तला बिक्रीबाट २५ लाख आम्दानी
यहाँका पुराना सुन्तला व्यवसायी फणिनारायण अर्यालले यसवर्ष सुन्तला बिक्री गरेर रु २५ लाख आम्दानी गर्नुभएको छ । सुन्तला ब्यवसाय सञ्चालन गर्ने जिल्लाकै पुराना तथा धेरै मात्रामा सुन्तला उत्पादन गर्ने अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका अर्याल जिल्लामै धेरै आर्थिक लाभ लिने सुन्तला व्यवसायीमध्ये हुनुहुन्छ । अर्यालले यसवर्ष सुन्तला बिक्रीबाट रु २५ लाख आम्दानी गर्नुभएको छ भने गतवर्ष रु ३६ लाख आम्दा...

मूर्तिकला कार्यशालाका लागि सहयोग जुट्दै

मूर्तिकला कार्यशालाका लागि सहयोग जुट्दै
ः गलकोट नगरपालिका–५ टेउवामा आउँदो फागुन ५ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने अन्तरराष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालाका लागि सरकारी निकायदेखि जनस्तरसम्मको सहयोग जुटिरहेको छ । स्थानीय कुलबहादुर बस्नेत, झङ्कबहादुर बस्नेत, मानबहादुर खत्री र टीकाकुमारी खत्रीबाट करिब रु ३० लाख मूल्य बराबरको २३ रोपनी जग्गा निःशुल्क प्राप्त भएको गलकोट कला प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले टेउवामा कार्यशाला चलाउने...

औषधि अभाव

औषधि अभाव
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा औषधिको अभाव भएको छ । केन्द्रमा सामान्य औषधि नहुँदा उपचारमा आउने बिरामी रित्तो हात फर्कन बाध्य भएका छन् । पछिल्लो समय आयुर्वेदिक उपचारतर्फ मानिसको आकर्षण बढ्दै गएको छ । सो केन्द्रमा भने स्वास्थ्य परीक्षण गर्नुबाहेक अन्य सुविधा नपाउँदा बिरामी निराश हुँदै फर्कने गरेको कार्यालयका वरिष्ठ कविराज निरीक्षक एवं सूचना अधिकारी बलभद्र वाग्लेले बताउनुभयो । आर्थ...