बल्खु खोलाको बीचमा अड्किएका दुई बालकको उद्धार

बल्खु खोलाको बीचमा अड्किएका दुई बालकको उद्धार
काठमाडौं - काठमाडौंको कीर्तिपुर र चन्द्रागिरि नगरपालिकाको सीमा क्षेत्रस्थित बल्खु खोलाको बीच भागमा बाढी आएर अड्किएका दुई बालकको आज प्रहरीले उद्धार गरेको छ । दिउँसो पौडी खेल्न गएका बेला एक्कासि बाढी आएर बीच भागमा अड्किएका उनीहरुलाई ट्युब र डोरीको सहयोगमा उद्धार गरिएको प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो । उद्धार गरिएकामा नुवाकोट घर भई काठमाडौँको कलङ्की बस्ने...

तेत्तीस जना सिरियाली सैनिक मारिए

तेत्तीस जना सिरियाली सैनिक मारिए
बेरुत - इस्लामिक स्टेट (आईएस) समूहका लडाकुले सिरियाको देइर एजोर प्रान्तको मायादीन नजिकैको मरुभूमिमा सैनिक जवान सवार बसलाई घेरेर आक्रमण गर्दा ३३ जनाको मृत्यु भएको छ । युद्ध अनुगमन गर्ने बेलायती स्वतन्त्र संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार सेनाका जवान सवार बसमा बिहीबार साँझ भएको आक्रमणमा उनीहरू मारिएका हुन् । आईएसका जेहादीले विशाल सिरियाली मरुभूमिमा लुक्दै विभिन्न ठाउँमा विद्य...

तरकारी बेचेर आत्मनिर्भर बन्दै महिला

तरकारी बेचेर आत्मनिर्भर बन्दै महिला
गलेश्वर (म्याग्दी) - म्याग्दीको बेनी नगरपालिका–२ खबराकी ५४ वर्षीया पवित्रा कार्कीको दैनिकी दुई किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर बेनी बजारमा बेच्नमै व्यस्त हुन्छ । प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहानै ती तरकारीलाई डोकोमा बोकेर बजारसम्म पुर्‍याएर बिक्री गर्ने उहाँको दैनिकी नै बनेको छ । उहाँले मौसमअनुसार तरकारी खेती गर्नुभएको ...

मोदनाथ प्रश्रित ः भुइँदेखि शिखरसम्म’

मोदनाथ प्रश्रित ः भुइँदेखि शिखरसम्म’
काठमाडौं - नेपाली साहित्य र राजनीतिक व्यक्तित्व मोदनाथ प्रश्रितको बहुविधामा उल्लेखनीय योगदान रहेको छ । उहाँको सांस्कृतिक र साहित्यिक यात्रा अविराम छ । प्रश्रितले ‘पचास रुपैयाँको तमसु’, ‘आमाको काखमा’, ‘सपनाहरु उपहार देशलाई बलिदान’, ‘बुद्ध र चाण्डाल युवती’, ‘जनताको देश र सहिदको सपना’ जस्ता नाटक लेखेर तत्कालीन समाज र पञ्चायत सरकारविरुद्ध जनचेतना फैलाउनु भएको थियो । यसका साथै ‘मानव’, ‘देवासुर सङ्ग्...

कैदी मृत्यु प्रकरण : घटनामा संलग्न प्रहरीसहित १५ नियन्त्रणमा

कैदी मृत्यु प्रकरण : घटनामा संलग्न प्रहरीसहित १५ नियन्त्रणमा
संखुवासभा - संखुवासभा जिल्ला कारागार खाँदबारीमा भएको घटनाको अनुसन्धानका लागि १० प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिइएको छ । कारागारमा कुटपिटबाट सङ्खुवासभाको मादी नगरपालिका–५ का कैदी १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो । कैदी मादी –५ का तोलाङ्गी र ककनी–७ का २८ बलामीको कुटपिटबाट मृत्यु भएको सङ्खुवासभाका प्रहरी नायब उपरीक्ष...

पाँच वर्षदेखि खानेपानी आयोजना अधुरै

पाँच वर्षदेखि खानेपानी आयोजना अधुरै
गलकोट - रु ३४ करोड खर्चेर तयार पारिएको बागलुङ नगर बृहत् लिफ्ट खानेपानी आयोजनाको पाइप लाइन छ पटकसम्म फुस्कियो । क्रङ्किटको पोलमा राखेर पाइप लाइन विस्तार गरे पनि खानेपानीको चाप धान्न नसकेर क्रङ्क्रिटको पोलसहित पाइप फुस्किँदा आयोजनाको डिजाइनमै त्रुटि रहेको पाइएको छ । पाँच वर्षअघिदेखि सुरु भएको आयोजनाको बल्ल ९० प्रतिशत काम सम्पन्न भएको छ भने परीक्षणमै समस्या देखिएको हो । अन्तिम चरणमा लिफ्ट आयोजना प...

सुन तस्करी प्रकरण : थप दुई चिनियाँ नागरिक पक्राउ

सुन तस्करी प्रकरण : थप दुई चिनियाँ नागरिक पक्राउ
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही हप्ता पहिले पक्राउ परेको करिब एक सय किलोभन्दा बढी सुन तस्करी प्रकरणमा आज थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । उक्त प्रकरणमा चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख रामबन्धु सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार चीनतर्फ प्रस्थान गर्न लागेको ...

टोरन्टोमा छानियो ‘गाउँ आएको बाटो’

टोरन्टोमा छानियो ‘गाउँ आएको बाटो’
काठमाडौं- नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा छनोट भएको छ । निर्माण टोलीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै छनोटबारे जानकारी दिएको हो । टोरन्टोको यो संस्करण सेप्टेम्बर ७ देखि १७ तारिखसम्म चल्ने छ । नवीन सुब्बाले निर्देशन गर्नुभएको उक्त चलचित्रमा राई जातिको सामाजिक पृष्ठभूमिमा तयार भएको छ भने गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढ...

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुईजना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुईजना पक्राउ
काठमाडौं - नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाडौँस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार चौध...

‘आँखा पाक्ने रोग लागे आत्तिनु पदैन’

‘आँखा पाक्ने रोग लागे आत्तिनु पदैन’
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) लागे आत्तिनु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग देखिएकाले नआत्तिइ घरमा बसेर उपचार गर्न आग्रह गर्नुभयो । उहाँले घरमा आँखाको स्याहार गरे सङ्क्रमण एकदेखि दुई हप्ताभित्रमा निको हुने बताउनुभयो । हाल नेपालका विभिन्न जिल्लामा आँखा पाक्ने...