सरकार सुशासन अभियानमा छ, कामको तारिफ हुनुपर्नेमा झन संसद् अवरुद्ध छ : प्रधानमन्त्री

सरकार सुशासन अभियानमा छ, कामको तारिफ हुनुपर्नेमा झन संसद् अवरुद्ध छ : प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासनका काममा अघि बढेको र पछिल्लो समयमा यसका परिणाम पनि सार्वजनिक भइरहेका भन्दै तर सरकारका यी कामलाई हेरेर राम्रोलाई राम्रो भन्ने संस्कार नदेखिएको बताउनुभएको छ । आज उहाँको सरकारी निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तक्र्रियामा उहाँले सुन पक्राउ प्रकरण सरकारको सुशासनको प्रतिबद्धताको पछिल्लो उदाहरण हो भन्नुभयो । ...

प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा मापदण्ड लागू

प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा मापदण्ड लागू
काठमाडौं - नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकूलको मापदण्ड लागू भएको छ । प्रहरी प्रधान कार्यालयले ‘प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड, २०७९’ अनुसार प्रहरी निरीक्षकको सरुवा गरेको छ । तालिमपश्चात ‘पासआउट’ भएका नयाँ तथा पुराना गरी नौ सय ५८ प्रहरी निरीक्षकको कार्यालय प्रमुख एवं सहायक दरबन्दीतर्फ सरुवा भएको छ । त्यस्तै ६४ प्रहरी निरीक्षकको बढुवा र...

चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए
काठमाडौं - गृह मन्त्रालय चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । मन्त्रालयले आज चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । सप्तरीका प्रजिअ भूपेन्द्र थापालाई चितवन सरुवा गरिएको छ । चितवनका प्रजिअ सुरेन्द्र पौड्याललाई नुवाकोट पठाइएको छ । मन्त्रालयले नुवाकोटका प्रजिअ किरण थापालाई सप्तरी सरुवा गरेको छ । यस्तै धनुषाका प्रजिअ काशीराज दाहाललाई कारागार ...

कक्षा १२ को नतिजा सार्वजनिक, ५० दशमलव ०९ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को नतिजा सार्वजनिक, ५० दशमलव ०९ प्रतिशत विद्यार्थी उत्तीर्ण
भक्तपुर - राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज अपराह्न बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो । नतिजा सार्वजनिक गर्न आज साँझ आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले करिब ५० दशमलव ०९ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएको जानकारी दिनुभयो । बोर्डले गत वैशाख २६ देखि जेठ ५ गतेसम्म देशभरका एक हजा...

मत्स्यनारायणमा भक्तजनको भीड

मत्स्यनारायणमा भक्तजनको भीड
काठमाडौं - करिब तीन वर्षको अन्तरमा पर्ने पुरुषोत्तममासमा मात्र मेला लाग्ने मत्स्यनारायण मन्दिर क्षेत्रमा भक्तजनको भीड बढ्न थालेको छ । चन्द्रागिरि नगरपालिका–९ मा पर्ने मन्दिरमा हाल दैनिक हजारौँ भक्तजनको भीड लाग्ने गरेको छ । मत्स्यनारायण कीर्तिपुर र सतुङ्गल दुवै स्थानबाट जान सकिन्छ । दुवैतिरबाट मत्स्यनारायण जान सार्वजनिक यातायात पाइन्छ । कीर्तिपुर नगरपालिकाको वडा नं ४ सँग जोडिएको मत्स्यनारायण ...

बरामद सुनको तौल ६० किलो ७१६ ग्राम कायम

बरामद सुनको तौल ६० किलो ७१६ ग्राम कायम
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छली अवैध रुपमा नेपाल भित्रिएको सुनको वास्तविक तौल ६० किलो सात सय १६ ग्राम कायम भएको छ । बरामद गरिएको सामानको सुनसहितको कूल तौल एक सय ५५ किलो चार सय ६८ ग्राम भएकोमा नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखाले ब्रेकशु, प्याकेजिङ कार्टुनलगायतबाट छुट्याएपछिको सुन तौल ६० किलो सात सय ८९ ग्राम कायम भएको थियो । तर आज उक्त सुन गाल्दा ७३ ग्राम जर्त...

डेङ्गुबाट १३ हजार सङ्क्रमित, सतर्कता अपनाउन आग्रह

डेङ्गुबाट १३ हजार सङ्क्रमित, सतर्कता अपनाउन आग्रह
काठमाडौं - देशभरि डेङ्गुको सङ्क्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेङ्गुको सङ्क्रमण  फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन् । डेङ्गुको सङ्क्रमणबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण तथा सरसफाइमा ध्यान नदिँदा डेङ्गुको सङ्क्रमण बढिरहेको बताउनुभयो । उह...

सत्तारूढ दलका शीर्ष नेताको निष्कर्ष : उच्चस्तरीय छानबिन आयोग आवश्यक छैन

सत्तारूढ दलका शीर्ष नेताको निष्कर्ष : उच्चस्तरीय छानबिन आयोग आवश्यक छैन
काठमाडौं - सत्तारूढ दलका शीर्ष नेताबीचको बैठकले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोगको आवश्यकता नभएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलका शीर्ष नेताबीचको आजको बैठकमा समसामायिक राजनीतिको विषयमा छलफल भएको थियो । छलफलका क्रममा सदनको अवरोध हटाउने विषयमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले) को मागअनुसार सुन तस्करी प्रकरणका विषयमा उच्चस्तरीय छानबिन ...

साउनको अन्तिम सोमबार : दुई लाख भक्तजनले गरे पशुपतिनाथमा दर्शन

साउनको अन्तिम सोमबार : दुई लाख भक्तजनले गरे पशुपतिनाथमा दर्शन
काठमाडौं - सौरमासअनुसार साउनको अन्तिम सोमबार आज दुई लाखभन्दा बढी भक्तजनले पशुपति क्षेत्र गई भगवान् श्री पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गरेका छन् । विगतका सोमबारभन्दा आज पशुपतिनाथलगायत राजधानीका अन्य शिवालयमा भक्तजनको धेरै भीड देखिन्थ्यो । सौरमासअनुसार साउनको अन्तिम सोमबार बिहानैदेखि भक्तजनको धेरै लाम लाग्ने भएकाले आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास ...

गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय चार दिन बन्द हुने

गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय चार दिन बन्द हुने
काठमाडौं - काठमाडौंको गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय चार दिन बन्द हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाले आज एक सूचना प्रकाशित गरी देशव्यापी फैलिएको आँखा रोगका कारण जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेकाले चार दिन विद्यालय बन्द गर्न लागेको हो । नगरप्रमुख दीपककुमार रिसालले आँखासम्बन्धी रोग गोकर्णेश्वर नगरभित्र विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीलाई समेत देखिन थालेकाले साउन ३० देखि भदौ ...