सडक जोगाउन तौलपुल : मन्त्री नेम्वाङ

सडक जोगाउन तौलपुल : मन्त्री नेम्वाङ
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सडक जोगाउनका लागि सडकमा तौलपुल राख्न थालिएको बताउनुभएको छ । सडक विभागले भरतपुरको आँपटारीमा स्थापना गरेको तौलपुलको आज उद्घाटन गर्नुहुँदै उहाँले यसले सडक जोगाउने र दुर्घटना हुनबाट रोक्ने बताउनुभयो । सडक सुधारका कामहरु भइरहेको भन्दै उहाँले बढी ढुवानी गर्ने सवारी साधनले सडक नबिगारोस् भन्नका लागि तौलपुल राखिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ...

अदालतले संविधानको गरिमा कायम गर्ने विश्वास

अदालतले संविधानको गरिमा कायम गर्ने विश्वास
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा मीनेन्द्र रिजालले सर्वोच्च अदालतले संविधानको मर्मअनुरुपको व्याख्या गर्ने विश्वास व्यक्त गर्नुभएको छ । नेता रिजालले बुटवलमा आज आयोजित साक्षात्कार कार्यक्रममा विगतको प्रतिकूलावस्थामा पनि अदालतले सही निर्णय लिएको स्मरण गर्दै अहिले पनि संविधानअनुरुप अदालतको गरिमा कायम गर्ने विश्वास व्यक्त गर्नुभयो । सरकारले निर्वाचन गर्नका लागि नभएर सत्ता टिकाउनकै...

वाग्मती प्रदेशसभाको बैठक सोमबार

वाग्मती प्रदेशसभाको बैठक सोमबार
वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक यही माघ १९ गते दिनको २ बजे पुनः बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सोमबार बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभएको छ । प्रदेशसभाको सातौँ बैठक अधिवेशनको गत माघ ७ गते (प्रथम) र गत माघ ९ गते (दोस्रो) बैठक बसी मुख्यमन्त्री पौडेलविरुद्ध ...

प्रदेशसभा बैठक बोलाउने तयारी

प्रदेशसभा बैठक बोलाउने तयारी
संविधानअनुसार यही महिनाभित्र बोलाइसक्नुपर्ने सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन (हिँउदे अधिवेशन) माघ २६ गते बोलाउने तयारी भइरहेको छ । प्रदेशसभाका सचिव रामसिंह धामीले प्रदेशसभाको बैठक यही माघ २६ गते बोलाउने अनौपचारिक जानकारी आएको बताउनुभयो । “संविधानअनुसार यही माघभित्र बैठक आह्वान गरिसक्नुपर्ने हुन्छ”, सचिव धामीले भन्नुभयो, “बैठक बोलाउने विषयमा अहिलेसम्म औपचारिक जानकारी भने आएको छैन ।” प्रतिपक्ष नेपा...

‘समृद्धिका लागि निर्वाचनमा जानुको विकल्प छैन’

‘समृद्धिका लागि निर्वाचनमा जानुको विकल्प छैन’
लमजुङ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य जगतबहादुर विश्वकर्माले स्थिरता र समृद्धिका लागि निर्वाचनमा जानुको विकल्प नरहेको बताउनुभएको छ । नेकपा जिल्ला कमिटीद्वारा नेकपाबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको प्रशिक्षण भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले निर्वाचनले लोकतन्त्र बलियो हुन्छ भन्नुभयो । उहाँले भन्नुभयो, “पार्टीको महाधिवेशनसम्म पर्खनु नसक्ने, पद, सत्ता लोभ र देशको प्रगति ...

पार्टी फुटाउने कोसिस व्यर्थ सावित : मन्त्री अर्याल

पार्टी फुटाउने कोसिस व्यर्थ सावित : मन्त्री अर्याल
स्याङ्जा - कृषि तथा पशुपन्क्षी विकासमन्त्री पद्माकुमारी अर्यालले पार्टी फुटाउन केही नेताले कोसिस गरे पनि त्यो व्यर्थ सावित हुने बताउनुभएको छ । हरिनास गाउँ कमिटीले आयोजना गरेको कार्यकर्ता भेला एवं प्रशिक्षणमा उहाँले प्रधानमन्त्रीले नेतृत्व गरेको नेकपा नै अधिकारिक भएकाले कार्यकर्तालाई दुविधामा नपर्न आग्रहसमेत गर्नुभयो । पाँच वर्षका लागि जनताले चुनेर पठाएको ओलीले नेतृत्व सरकारलाई पार्टीभित्रैका ...

विदेशी हस्तक्षेपविरुद्धको लडाइँमा छौँ : पूर्वमन्त्री बाँस्कोटा

विदेशी हस्तक्षेपविरुद्धको लडाइँमा छौँ : पूर्वमन्त्री बाँस्कोटा
काभ्रेपलाञ्चोक - पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अहिले विदेशी हस्तक्षेपविरुद्धको अन्तिम लडाइँ भइरहेको बताउनुभएको छ । उहाँले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० काभ्रेपलाञ्चोकको पनौती नगर कमिटी बैठक एवं विस्तारित भेलामा नेपालको वास्तविक भूगोलबारे विदेशी हस्तक्षेपविरुद्ध अहिलेको लडाइँ अन्तिम नै हुने दाबी गर्नुभयो । “हामी विदेशी हस्तक्षेपविरुद्ध राष्ट्रवादको पक्षमा अन्तिम लडाइँ लडिरहेका छौँ,...

घोषणा गरिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री ओली

घोषणा गरिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री ओली
चितवन - प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरिएकै मितिमा निर्वाचन हुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनद्वारा आज यहाँ आयोजित जनसभामा उहाँले घोषित निर्वाचन मिति तलमाथि नपर्ने बताउनुभयो । कतिपयले निर्वाचन हुँदैन भनेर भ्रम फिजाएको बताउँदै उहाँले भन्नुभयो, “यो चुनावको घोषणा चुनाव गर्नका लागि होइन, अल्मल्याउनका लागि गरिएको हो भनेर भनेका छन्, तिनीहरु अल्मलिँदै गरुन् ।” उहाँले ...

गतिरोध अन्त्यका लागि निर्वाचन उपयुक्त विकल्प : मन्त्री श्रेष्ठ

गतिरोध अन्त्यका लागि निर्वाचन उपयुक्त विकल्प : मन्त्री श्रेष्ठ
लहान -कानून न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले मुलुकमा उत्पन्न गतिरोध अन्त्यका लागि निर्वाचन एक मात्र उपयुक्त विकल्प भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको सिरहा जिल्ला भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले मुलुकमा देखापरेका गतिरोधलाई संसद् पुनःस्थापनाले पनि निकास दिन नसक्ने भएकाले निर्वाचन नै उपयुक्त विकल्प भएको बताउनुभयो । मन्त्...

निर्वाचनमा केन्द्रित हुन मन्त्री रायमाझीद्वारा कार्यकर्तालाई निर्देशन

निर्वाचनमा केन्द्रित हुन मन्त्री रायमाझीद्वारा कार्यकर्तालाई निर्देशन
काठमाडौँ- उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता टोपबहादुर रायमाझीले आगामी वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिनुभएको छ । नेकपा दोलखा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज यहाँ आयोजित ‘बृहत कार्यकर्ता भेला’ लाई सम्बोधन गर्दै उहाँले नेकपा दाहाल–नेपाल समूहका नेता तथा कार्यकर्ताले भ्रम सिर्जना गरिरहेकाले कत्ति पनि भ्रममा नपर...