घरघरमा रोजगारी दिनुपर्छ : वरिष्ठ नेता पौडेल
दमौली - नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्यमशीलता विकासका लागि राज्यको सेवा र टेवासहित घरघरमा रोजगारीको व्यवस्था हुनुपर्ने बताउनुभएको छ ।
तनहुँको ऋषिङ गाउँपालिका–४ स्थित ढाक्रे खोलामा निर्माण भएको पुलको आज उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले गाउँमा रोजगारीको व्यवस्था नहुँदा युवा शक्ति पलायन हुनुपरेको उल्लेख गर्दै युवा शक्ति रोक्न गाउँमै रोजगारीको सिर्जना गर्नेतर्फ सरकार गम्भीर ...