कोरोना सङ्क्रमण भयावह हुन नदिन सचेत हुनुपर्छ : प्रधानमन्त्री ओली

कोरोना सङ्क्रमण भयावह हुन नदिन सचेत हुनुपर्छ  : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को सङ्क्रमण भयावह हुन नदिन सचेत हुनुपर्ने बताउनुभएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा उहाँले भन्नुभयो, “कोभिड–१९ को सङ्क्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन सचेत हुनुपर्छ ।” यद्यपि अहिले भयावहको स्थिति नभएको उहाँले बताउनुभयो । प...

नेकपा एमाले प्रदेश नं १ को संसदीय बोर्ड गठनः अविश्वास प्रस्तावबाट नाम फिर्ता लिन सात दिनको समय

नेकपा एमाले प्रदेश नं १ को संसदीय बोर्ड गठनः अविश्वास प्रस्तावबाट नाम फिर्ता लिन सात दिनको समय
विराटनगर - नेकपा एमाले प्रदेश नं १ संसदीय दलको आज बसेको बैठकले विधान पारित गरेको छ । बैठकले सोही विधानअन्तर्गत दलका नेता मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा १५ सदस्यीय संसदीय बोर्ड गठन पनि गरेको छ । बोर्डमा दलका उपनेता, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, सचेतक पदेन सदस्य छन् भने जसमाया गजमेर, आशारत्न जवेजु, यशोदा अधिकारी, अम्बिका थापा, विमल कार्की, काजीमान कागते, विर्खबहादुर प्रधान, ज्ञाने...

पार्टी मोडालिटीबारे छलफल गर्दैछौँ : अध्यक्ष दाहाल

पार्टी मोडालिटीबारे छलफल गर्दैछौँ : अध्यक्ष दाहाल
काभ्रेपलाञ्चोक - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा केन्द्रीय कमिटीमा छलफल भइरहेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री दाहालले आज नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको दुईदिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीलाई परिमार्जन गरी नयाँ संरचनामा लैजान छलफल थालेको बताउनुभएको हो । “पार्टीलाई कुन स...

बङ्गबन्धुको जन्मशतवार्षिकीमा राष्ट्रपतिको भ्रमणले बढाएको गरिमा

बङ्गबन्धुको जन्मशतवार्षिकीमा राष्ट्रपतिको भ्रमणले बढाएको गरिमा
काठमाडौं - बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानको जन्मशतवार्षिकी तथा बङ्गलादेश स्वतन्त्र भएको स्वर्णोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्पन्न दुईदिने राजकीय भ्रमणले दुई देशबीचको घनिष्ठता थप बढाएको छ । गत वर्षदेखि शुरु भएको शतवार्षिकी समारोहमा यस साता दक्षिण एशियाली विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख हरेक दिनजसो समारोहमा भाग लिन जानुभएको छ । नेपालका राष...

एमालेमा उद्योगपति अग्रवाल

एमालेमा उद्योगपति अग्रवाल
काठमाडौँ - नेकपा (एमाले)मा उद्योगपति राजेशकुमार अग्रवाल प्रवेश गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा लगाई पार्टीमा स्वागत गर्नुभएको थियो । प्रधानमन्त्रीले स्वागतपश्चात् पार्टीमा अग्रवालबाट राम्रो भूमिका निर्वाह हुने विश्वाससमेत व्यक्त गर्नुभयो । भैरहवा निवासी ४९ वर्षीय अग्रवाल अर्घाखाँची सिमेन्ट र श्री...

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता
काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फिर्ता हुनुभएको छ । राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायतले बिदाइ गर्नुभएको थियो । राष्ट्रपति भण्डारी बङ्ग...

प्रतिनिधिसभामा तीन वार्षिक प्रतिवेदन पेश

प्रतिनिधिसभामा तीन वार्षिक प्रतिवेदन पेश
काठमाडौँ - प्रतिनिधिसभामा न्याय परिषद् र न्याय सेवा आयोग तथा महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सदनसमक्ष ती दुवै प्रतिवेदन पेश गर्नुभएको हो । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उक्त समितिको वार्षिक प्रतिवे...

नेकपा खारेजको फैसला पुनरवलोकनमा जाने माओवादीको तयारी

नेकपा खारेजको फैसला पुनरवलोकनमा जाने माओवादीको तयारी
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैलासविरुद्ध पुनरवलोकनमा जाने तयारी थालेको छ । उक्त फैसलाको पुनरवलोकनका लागि आज माओवादीले कानून व्यवसायीसँग पारमर्श गरेको हो । सर्वोच्च अदालतले नेकपा (एमाले) र माओवादी केन्द्र एकीकरण गरी बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता बदर गर्दै पूर्ववत् अवस्थामा फर्काउने निर्णय गरेको थियो । ऋषि कट्टेल नेत...

कांग्रेसको नेतृत्वमा सरकार निर्माणको तयारी गरिएको छैनः देउवा

कांग्रेसको नेतृत्वमा सरकार निर्माणको तयारी गरिएको छैनः देउवा
मोरङ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले आफ्नो दलका नेतृत्वमा सरकार निर्माण गर्ने तयारी नगरिएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले वर्तमान अवस्थामा सरकारमा सहभागी हुनका लागि पार्टीले मरिहत्ते नगरेको स्पष्ट गर्नुभयो । सभापति देउवाले भन्नुभयो, “हाम्रो पार्टी प्रतिपक्षी भएकाले वर्तमान सरकारमा सहभागी हुँदैन, जनताले कांग्रेसलाई प्रतिपक्षको भू...

बङ्गलादेशका राष्ट्रपिताको स्मृति सङ्ग्रहालयमा राष्ट्रपति भण्डारी

बङ्गलादेशका राष्ट्रपिताको स्मृति सङ्ग्रहालयमा राष्ट्रपति भण्डारी
ढाका - मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले आज यहाँका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानका स्मृतिमा स्थानीय धनमन्दीमा निर्मित बङ्गबन्धु स्मृति सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । बङ्गलादेश स्वतन्त्रता आन्दोलनका अग्रणी बङ्बन्धुलाई हत्या गरिएको घरसमेतलाई सङ्ग्रहालय बनाइएको छ । बङ्गलादेशका पहिलो राष्ट्रपति र पछि सन् १९७१ मा प्रधानमन्त...