प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्ने गठबन्धनको निर्णय

प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्ने गठबन्धनको निर्णय
काठमाडौं - पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउँदै सरकार सञ्चालनमा सहयोग गर्ने शीर्ष नेताहरूबीच सहमति भएको छ । प्रधानमन्त्री निवासमा आज साँझ भएको बैठकमा प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्ने निर्णय भएको हो । बैठकमा मन्त्रिपरिषद् विस्तार, समसामयिक राजनीतिक परिस्थिति, सरकारका भावी योजना, महामारी नियन्त्रणको प्रयासलगात विषयमा शीर्ष नेताहरूबीच गम्भीर विचारविमर्श भएको माओवादी केन्द्रका अध्यक्ष ...

निर्वाचित अध्यक्षलाई हटाउन खोज्नु गलत – महासचिव पोखरेल

निर्वाचित अध्यक्षलाई हटाउन खोज्नु गलत – महासचिव पोखरेल
काठमाडौं - नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीभित्रै रहेर आफ्नै प्रधानमन्त्री र महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई हटाउन खोज्नु गलत कार्य हुने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं ५ को धूम्रबाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले भन्नुभयो, “पार्टीभित्र अन्तरसङ्घर्ष हुने कुरा सामान्य कुरा भए पनि पार्टी महाधिवेशनबाट निर्वाचित अध्यक्ष तथा जननिर्वाचित प्रधानमन्त्री ढाल्न...

एमालेमा ‘लडाकु दस्ता’ खोल्ने जुहारी

एमालेमा ‘लडाकु दस्ता’ खोल्ने जुहारी
काठमाडौं - एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीबाट हटेकै भोलिपल्ट पार्टीको युवा संघले ‘लडाकु दस्ता’ युथ फोर्स ब्युँताएको घोषणा ग¥यो। सर्वोच्चको असार २८ को आदेशबाट ओली प्रधानमन्त्रीबाट हट्न बाध्य भएपछि ५ सय १ सदस्यीय युथ फोर्स कमान्ड घोषणा गरियो। क्षितिज थेबेको नेतृत्वमा पुर्नगठनपछि युथ फोर्सले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारदेखि बाल्कोटसम्म ओलीलाई मोटरसाइकल र गाडीको लावालस्करसहित स्कर्टिङ ...

बाटो बिराएकालाई आममाफी भयो – अध्यक्ष ओली

बाटो बिराएकालाई आममाफी भयो – अध्यक्ष ओली
काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका सबैलाई आममाफी दिने बताउनुभएको छ । एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले पार्टी एकता गरेर जान आग्रह गर्दै बाटो बिराएकालाई आममाफी दिने बताउनुभयो । “पुष्पलालबाट प्रेरणा लिऔँ, महान् विचार कार्यान्वयन गर्न एक जुट होऔँ, पद र स्वार्थका कुरा छाडौँ, देशका कुरा गरौँ, एकताका कुर...

विकास बजेटमा जनप्रतिनिधिको मनोमानी

विकास बजेटमा जनप्रतिनिधिको मनोमानी
सोलुखुम्बु - करिब चार वर्ष अघि गाउँगाउँमा सिंहदरबारको नारा दिएर स्थापना भएको स्थानीय तहमा जनप्रनिनिधि आएपछि विकास र सरकारी सेवा प्रभावकारी हुने जनतामा आशा थियो । तर सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका वडा नं। १ मा जनताको त्यो आशा निराशामा परिणत भएको छ । आर्थिक बर्ष २०७७/२०७८ मा लिखुपिके गा। पा। वडा नं १मार्फत उक्त वडाका जनतालाई चिया खेतिमा अग्रसर गराउने उद्धेश्यले चिया खेती अध्ययन भ्र...

ललिता निवास जग्गा प्रकरणः मुख्य बिचौलियासहित ३२ जना अझै फरार

ललिता निवास जग्गा प्रकरणः मुख्य बिचौलियासहित ३२ जना अझै फरार
काठमाडौं - बालुवाटारस्थित ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा किनबेच गरेर भ्रष्टाचार मुद्दामा मुछिएका मुख्य बिचौलिया अझंै फरार रहेका छन् । फरार हुनेमा मुख्य बिचौलिया रामकुमार सुवेदीसहित ३२ जना छन् । अदालतले म्याद गुजारेर उपस्थित नहुनेको हकमा मुद्दा पेसी चढाएर प्रक्रिया अगाडि बढाउने तयारी थालेको छ । पटकपटक म्याद जारी गर्दा पनि अटेर गरेपछि विशेष अदालत फरार रहेकाहरूको हकमा भ्रष्टाचार मुद्दाक...

एकतामा आउन अध्यक्ष ओलीको आग्रह

एकतामा आउन अध्यक्ष ओलीको आग्रह
काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक जीवन र कम्युनिष्ट आन्दोलन जोगाउनुपर्नेमा जोड दिँदै असन्तुष्ट पक्षलाई एकतामा आउन आग्रह गर्नुभएको छ ।  केन्द्रीय कमिटीको जारी १० पूर्ण बैठकको तेस्रो दिन आज अध्यक्ष ओलीले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास गर्न आफू तत्पर रहेको स्पष्ट गर्नुभयो । सर्वोच्च अदालतको फैसला सं...

माधव नेपालले एमाले छाडे सम्मानजनक विदाइ गछौँ -बस्नेत

माधव नेपालले एमाले छाडे सम्मानजनक विदाइ गछौँ  -बस्नेत
काठमाडौं - नेकपा (एमाले) का युवा नेता महेश बस्नेतले माधवकुमार नेपाललाई एमालेमा बसेर पार्टी हितविपरीत काम गर्नुभन्दा पार्टी छोडेर जान उत्तम हुने बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला विशेष प्रदेश कमिटीको बिस्तारित भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले भने ‘माधव नेपाल नीति र विधिको कुरा गर्नुहुन्छ, म उहाँलाई अनुरोध गर्न चाहान्छु , एमालेमै बसेर एमालेको हितविपरीत काम गर्न पाउनुहुन्न...

कांग्रेसमा ‘डिजिटल भोटिङ’ गर्न सकिने व्यवस्था

कांग्रेसमा ‘डिजिटल भोटिङ’ गर्न सकिने व्यवस्था
काठमाडौं - नेपाली कांग्रेसले कोरोना महामारी रहिरहेको अवस्थामा ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधिको विकास र सुनिश्चितता गरेको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीले आवश्यक ठहर गरेर निर्णय गरेको अवस्थामा हालै उक्त प्रविधिको विकास गरेको हो । यस प्रविधिमार्फत सबै जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गर...

निजी क्षेत्रका लागि आवश्यक सहजीकरण गर्न तयार छौँ – प्रधानमन्त्री देउवा

निजी क्षेत्रका लागि आवश्यक सहजीकरण गर्न तयार छौँ – प्रधानमन्त्री देउवा
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैँ सहयोग गर्ने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उहाँले औद्योगिक विकासका लागि निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने भन्दै त्यसको सहजीकरणका लागि आफू तयार रहेको बताउनुभयो । “हाम्रो पार्टीले निजी क्षेत्रलाई सधैँ प्रवद्र्धन गरेको छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “तपाईंहरूलाई ...