महेश बस्नेतद्वारा एमाले सचिवमा उम्मेदवारी घोषणा

महेश बस्नेतद्वारा एमाले सचिवमा उम्मेदवारी घोषणा
भक्तपुर -  नेकपा (एमाले)को १०औँ महाधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज मध्यपुरथिमिको सम्पर्क कार्यालयमा आफ्नो धारणा सार्वजनिक गर्दै सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । पार्टी र देशका लागि युवा पुस्ताको भूमिका बढाउन, एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रुपमा मुलुकको युवा शक्तिलाई परिचालन गर्न आ...

विस्तृत शान्ति सम्झौताको १५ वर्ष : कहिलेसम्म मागिरहने पीडितले न्याय ?

विस्तृत शान्ति सम्झौताको १५ वर्ष : कहिलेसम्म मागिरहने पीडितले न्याय ?
काठमाडौं - नेपालमा चलेको दशवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको आज (आइतबार) १५ वर्ष पूरा भएको छ । तर द्वन्द्वमा प्रत्यक्ष प्रभावित भएका पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । विसं २०५२ फागुन १ देखि चलेको १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति यात्रामा ल्याउन २०६३ साल मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच...

शनिबार ६ हजार ७४३ वडामा सम्मेलन गर्दै माओवादी

शनिबार ६ हजार ७४३ वडामा सम्मेलन गर्दै माओवादी
काठमाडौं - नेकपा (माओवादी केन्द्र) ले शनिबार देशभर नै वडा सम्मेलन गर्ने भएको छ। वडा सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। माओवादीले पार्टीलाई नयाँ शिराबाट निर्माण गर्नका लागि वडा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास लिएको छ। समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी रहेको भन्दै माओवादीले त्यसका लागि ‘नयाँ क्रान्तिकारी विचार र...

संखुवासभाबाट चयन भएका यी हुन् एमाले महाधिबेशन प्रतिनिधि

संखुवासभाबाट चयन भएका यी हुन् एमाले महाधिबेशन प्रतिनिधि
संखुवासभा - नेकपा एमाले संखुवासभाबाट दशौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएका छन् । आज बसेको जिल्ला कमिटि बैठकले १३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको हो । संखुवासभाबाट जिल्ला अध्यक्ष जीतबहादुर घिमिरे, प्रदेश सभा सदस्य तुलसी न्यौपाने, खादबारी नगर प्रमुख मुरारी खतिवडा, मादी नगर प्रमुख विदुर लिङ्थेप, वीरेन्द्र केसी, भविश्वर गुरूङ, भीम लिंखा र विपिन त...

राष्ट्रपतिबाट ३ प्रदेशमा प्रदेश प्रमुख नियुक्त

राष्ट्रपतिबाट ३ प्रदेशमा प्रदेश प्रमुख नियुक्त
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को यही कात्तिक २२ गते बसेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ उपधारा २ बमोजिम प्रदेश नं १ मा तेह्रथुमका परशुराम खापुङ, कर्णाली प्रदेशमा बाँकेका तिलक परियार र सुदूरपश्चिममा बाजुराका देवराज जोशीलाई राष्ट्रपति भण्डारीले आज नियुक्त गर्नुभएको ह...

अरुण नदीमा पक्की पुल बन्छ – मुख्यमन्त्री राई

अरुण नदीमा पक्की पुल बन्छ – मुख्यमन्त्री राई
संखुवासभा - प्रदेश नं १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले भोजपुर र सङ्खुवासभा जोड्ने अरुण नदीमा पक्की पुल निर्माण गरिने बताउनुभएको छ । सङ्खुवासभाको तुम्लिङटारमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले भोजपुर जिल्लाको षडानन्द नगरपालिका र सङ्खुवासभाको खाँदबारी नगरपालिका जोड्ने अरुण नदीको लम्सुवाघाटमा पक्की पुल निर्माण गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो । उहाँले आफ्नै कार्यकालमा पक्की पु...

को नक्कली,को सक्कली ?

को नक्कली,को सक्कली ?
काठमाडौं - करिब ४९ वर्ष एउटै पार्टीमा रहेका दुई नेता जीवनको उत्तरार्धमा एकले अर्कालाई नक्कली कम्युनिस्ट घोषणा गर्दै हिँडेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र भर्खरै पार्टी विभाजन गरी नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनेका माधवकुमार नेपाल दुवैले एकले अर्कालाई नक्कली कम्युनिस्टको आक्षेप लगाइरहेका छन्। वामपन्थीको सरकार ढालेर कांग्रेसलगायतका पार्टीसँग मिली दक्षिणपन्थी सरकार बनाउन पहल गरेको र स...

एमालेको महाधिवेशनका लागि प्रतिनिधिको मापदण्ड तय

एमालेको महाधिवेशनका लागि प्रतिनिधिको मापदण्ड तय
काठमाडौं - नेकपा (एमाले) ले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा भाग लिने प्रतिनिधिको मापदण्ड तय गरेको छ । सो पार्टीको स्थायी कमिटीको बैठकले मापदण्डका आधारमा देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट एक हजार ५३६ प्रतिनिधि छान्ने भएको तय गरेको हो । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले ३३ प्रतिशत महिलासहित समावेशीताका आधारमा सङ्घीय निर्वाचन क्षेत्रबाट प्रतिनिर्वाचन क्षेत्रमा एक हजार ५०० पार्टी सङ...

कांग्रेस महाधिवेशनको प्रस्ताव : मंसिर २७ देखि २९ सम्म

कांग्रेस महाधिवेशनको प्रस्ताव : मंसिर २७ देखि २९ सम्म
काठमाडौं - नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनको मिति परिमार्जन गर्दै आगामी मङ्सिर २७ देखि २९ गतेसम्म गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले महाधिवेशनको नयाँ मितिसँगै निर्धारित समयमा हुन नसकेको बाँकी अधिवेशनको कार्यतालिका पनि तय गरेको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो । नयाँ तालिकाअनुसार हालसम्म वडा अधिवेशन प्रारम्...

शुल्क बृद्धिको निर्णय तत्काल फिर्ता लिन अनेरास्ववियुको माग

शुल्क बृद्धिको  निर्णय तत्काल फिर्ता लिन अनेरास्ववियुको माग
  काठमाडौं - अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले हालै चिकित्सा शिक्षा अध्ययन संस्थान महराजगङ्जले गरेको शुल्क बृद्धिको निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगंजले मिति २०७८/०७/०७ गते प्रत्यक्ष रुपले विद्यार्थीहरुको ढाड सेक्ने र निजी शैक्षिक संस्था संचालकहरुलाई फाईदा पुग्न...