पर्यटन व्यवसायी

पर्यटन व्यवसायी
पोखरा - सुदूर पश्चिम नेपाल एशोसिएसन टुर एण्ड ट्राभल्स र पोखराका पर्यटन व्यवसायीबीच रुपा गाउँपालिका–६ स्थित रुपाकोटमा पर्यटन विकाससम्बन्धी छलफलपछि । तस्वीरः जमुनावर्षा शर्मा, रासस

ढुुङ्गाको मुुर्ति

ढुुङ्गाको मुुर्ति
काठमाडौँ - पशुुपतिनाथ मन्दिर आसपास क्षेत्रमा ढुुङ्गाको मुुर्ति बनाउँदै महिला । तस्वीर : चन्द्रकला क्षेत्री,रासस

धौलागिरि अस्पतालमा पानीको अभाव भएपछि डिप बोरिङ

धौलागिरि अस्पतालमा पानीको अभाव भएपछि डिप बोरिङ
गलकोट - खानेपानीको सङ्कट बेहोर्दै आएको धौलागिरि अस्पताल बागलुङमा डिप बोरिङ गरी जमिन मुनिको पानी निकालिँदै । तस्बिर - खेमराज गौतम

गुन्द्री बुन्दै महिला

गुन्द्री बुन्दै महिला
दमौली - तनहुँको घिरिङ गाउँपालिका–५ मोहोरियाकी महिला गुन्द्री बुन्दै । आधुनिकतासँगै आजभोलि ग्रामीण भेगमा पनि गुन्द्री बुन्ने प्रचलन हराउँदै गएको छ । तस्बिर - कृष्ण न्यौपाने

अन्नपूर्ण हिमाल

अन्नपूर्ण हिमाल
बेनी - म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाबाट देखिएको अन्नपूर्ण हिमाल । पछिल्लो साता भएको हिमपातका कारण हिउँ बढेपछि हिमाल मनमोहक देखिएको छ । तस्बिर : कमल खत्री

‘भूकम्प स्मारक’ स्तम्भ निर्माण

‘भूकम्प स्मारक’ स्तम्भ निर्माण
त्रिशूली - नुवाकोट उद्योग वाणिज्य सङ्घले विदुर नगरपालिका–२ मा निर्माण गरेको ‘भूकम्प स्मारक’ स्तम्भको बिहीबार उद्घाटनपश्चात सहभागी । विसं।२०७२ वैशाख १२ मा गएको भूकम्पको कारण नुवाकोटमा ज्यान गुमाएका एक हजार १०८ जनाको विवरण समावेश गरिएको स्तम्भ निर्माणमा गोयन्का ग्रुपको सहयोग छ । तस्वीर : रामहरि न्यौपाने, रासस

पक्राउ परेकाहरु सार्वजनिक

पक्राउ परेकाहरु सार्वजनिक
चितवन - दुर्लभ एकसिंगे गैंडा मारी खाग बिक्री गरेको अभियोगमा पक्राउ परेकाहरु बुधबार सार्बजनिक गदैं चितवन राष्ट्रिय निकुञ्ज । निकुञ्जले पत्रकार सम्मेलनको आयोजना गरी अभियुक्तहरुलाई सार्वजनिक गरेको हो । तस्वीरः नारायण अधिकारी яндекс

बिरुवा उत्पादन तयारी

बिरुवा उत्पादन तयारी
तनहुँको बन्दीपुर गाउँपालिका विमलनगरस्थित सव डिभिजन वन कार्यालयमा बिरुवा उत्पादनका लागि पोलिव्याग भर्ने काम गरिँदै । कार्यालयले बिरुवा उत्पादन गरेर निःशुल्क रुपमा वितरण गर्ने गरेको छ । तस्बिर - कृष्ण न्यौपाने

अरुण नदीमा फेरीको सहयोग गाडी तार्दै

अरुण नदीमा फेरीको सहयोग गाडी तार्दै
सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा फेरीको सहायताबाट यातायातको साधन तार्दै स्थानीवासी । फेरी संघीय सांसद् क्षेत्र विकास कोषबाट रु ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट रु ७५ लाख र षडानन्द नगरपालिकाको रु ५५ लाखको लागतमा निर्माण गरिएको हो । निर्माण भएको फेरीबाट दैनिक दुई सयभन्दा बढी सवारीसाधन तारिन्छ । तस्बिर - भविन कार्की

बिक्रीका लागि ठेकी

बिक्रीका लागि ठेकी
गोरखा पालुङटार नगरपालिका ध्वाँकोटमा निर्माण गरिएको काठको ठेकी बेच्नका लागि पोखरा बजारमा आइपुगेका पूर्णबहादुर विश्वकर्मा र उहाँकी पत्नी । ठेकीको साइज अनुसार रु ५०० देखि रु एक हजारसम्ममा बिक्री हुने उहाँ बताउनुहुन्छ । तस्बिरः जमुना वर्षा शर्मा