धवलागिरि अस्पतालमा ‘सिटीस्क्यान’ सेवा सुरु हुँदै
गलकोट, २३ साउन - धवलागिरि अस्पताल बागलुङमा सिटीस्क्यान सेवाका लागि आवश्यक उपकरण भित्रिएको छ । पोखरा बाहिर पहिलोपटक धवलागिरि अस्पतालमा सिटीस्क्यान उपकरण भित्रिएको हो । यो सेवाले धवलागिरिको मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका बिरामीलाई सहज हुने छ ।
गण्डकी प्रदेश सरकारले धवलागिरि अस्पतालमा सिटीस्क्यान सेवाका लागि आर्थिक वर्ष २०७९÷०८० मा रु १० करोड बजेट विनियोजन गरेको थियो । धवलागिरि अस्पतालले ‘ग्ल...