सेनाको स्वास्थ्य शिविरमा ७२६ लाभान्वित

सेनाको स्वास्थ्य शिविरमा ७२६ लाभान्वित
महेन्द्रनगर - नेपाली सेनाले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ७२६ स्थानीवासी लाभान्वित भएका छन् । आगामी शिवरात्रिका दिन हरेक वर्ष मनाइने सेना दिवसको पूर्वसन्ध्यामा नेपाली सेनाको श्री २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले साताव्यापी कार्यक्रमअन्तर्गत स्वास्थ्य शिविर सञ्चालन गरेको हो । त्यसका साथै सेनाले ब्रह्मदेवमा रहेका लोपोन्मुख राउटे र बादी...

ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए

ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए
बैतडी - पैसठ्ठी वर्षमाथिका ज्येष्ठ नागरिकलाई यही फागुन २३ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । दोस्रो प्राथमिकताको पहिलो चरणमा जिल्लाका पाँच स्थानीय तहका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको हो । ती स्थानीय तहका प्रत्येक वडामा गरी ४८ खोपकेन्द्र तोकिएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।यही फागुन २७ गतेसम्म सञ्चालन हुने अभियानमा ख...

थप १२० जनामा कोरोना पुष्टि

थप १२० जनामा कोरोना पुष्टि
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज थप १२० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ६०८ पुगेको छ । थप ६ हजार १४३ जनाको पीसीआर परीक्षण गरिएको थियो । हालसम्म पीसीआर परीक्षण गराउनेको सङ्ख्या २१ लाख ८५ हजार १९० जना पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७० हजार ७६६ कोरोना भाइरसबाट मुक्त भई घर फर्कि...

खोपकेन्द्र भवन निर्माण

खोपकेन्द्र भवन निर्माण
रसुवा - ग्रामीण बालबालिकालाई खोप लगाउन सहज पार्ने उद्देश्यले ठूलोगाउँमा खोपकेन्द्र भवन निर्माण गरिएको छ । स्वास्थ्य संस्था जान आधा घण्टाभन्दा बढी दूरी भएको ग्रामीण बस्तीलाई खोपलगायतका सेवा घर नजिकबाटै सहज पार्ने सरकारको नीतिअनुरूप खोपकेन्द्र निर्माण गरिएको हो । उत्तरगया गाउँपालिका–३ ठूलोआँगन आसपास निर्माण गरिएको खोपकेन्द्रले मासिक ३० बालबालिकालाई खोप लगाउन सहज भएको ठूलोगाउँ स्वास्थ्य केन्द्रल...

दोस्रो चरणको खोप कार्यक्रमका लागि १५ केन्द्र तोकिए

दोस्रो चरणको खोप कार्यक्रमका लागि १५ केन्द्र तोकिए
काठमाडौं - काठमाडौं महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक, सहचालकलाई खोप दिने योजना रहेको कामपाले जानकारी गराएको छ । खोप लगाउने केन्द्र अस्पताल नै हुनुपर्ने भएकाले कामपाले १५ अस्पताललाई केन्द्र तोकेको छ । वडा छुट्याएर केन्द्...

विद्यालयमा समस्या भन्न सक्दैनन् किशोरी

विद्यालयमा समस्या भन्न सक्दैनन् किशोरी
टीकापुर - विद्यालय उमेरका किशोरी खुलेर समस्या भन्न सक्ने वातावरण बनेको छैन । विद्यालय उमेरका किशोरीका समस्या थुप्रै हुन्छन् तर उनीहरु आफ्ना समस्या शिक्षक तथा शिक्षिकालाई भन्न नसकेको बताउँछन् । कैलालीका धेरैजसो विद्यालय किशोरीमैत्री नहुँदा उनीहरुको सिकाइ उपलब्धिमा असर पर्छ । मोती माविकी छात्रा मुना जिसी आफूलगायत साथीहरुलाई महिनावारीको समयमा बढी समस्या हुने गरेको बताउनुहुन्छ । “महिनावारीको समयमा...

दुई चिकित्सकसँग दोस्रो पटक स्पष्टीकरण माग

दुई चिकित्सकसँग दोस्रो पटक स्पष्टीकरण माग
वाग्मती - वाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडामा अवस्थित हेटौँडा अस्पतालमा कार्यरत दुई चिकित्सकलाई दोस्रो पटक स्पष्टीकरण सोधिएको छ । दुवै चिकित्सकले आफ्नो कार्यालय समयमा जिम्मेवारीपूर्वक भूमिका निर्वाह नगरेको पाइएकाले डा. बुद्धीराज पाण्डे र डा. साजित अन्सारीलाई अस्पतालका निमित्त प्रमुख सुपरिटेन्डेन्ट डा प्रवीण श्रेष्ठले २४ घण्टे स्पष्टीकरण सोध्नुभएको हो । अन्सारी ड्युटीको समयमा पनि व्यक्...

सभापति देउवाद्वारा कोरोनाविरुद्धको खोप लगाउन आग्रह

सभापति देउवाद्वारा कोरोनाविरुद्धको खोप लगाउन आग्रह
काठमाडौँ - नेपाली कांग्र्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पालोअनुसार कोभिड–१९ विरुद्धको खोप लगाउन सबैलाई अनुरोध गर्नुभएको छ । उहाँले आज निजामती अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएपछि सो प्रतिक्रिया दिनुभएको हो । उहाँले कोरोना महामारी अन्त्य भइनसकेकाले मास्क लगाउन, साबुन पानीले नियमित हात धुन र भौतिक दूरी कायमै गर्न सबैमा आग्रह समेत गर्नुभएको छ ।

दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने

दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २३ गतेदेखि सञ्चालन गर्ने कोभिड–१९ विरुद्ध खोपको दोस्रो चरणको अभियान २० दिन सञ्चालन गर्ने भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पहिलो १० दिनमा ६५ वर्षमाथिका र त्यसपछिका १० दिन ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहलाई खोप दिइने जानकारी दिनुभयो । उहाँले आफूलाई पायक पर्ने स्थानबाट खोप लिनसमेत आग्रह गर्नुभयो । यसैगरी आजै सभामुख अग्निप्रसा...

सरकारलाई पिपिई तथा प्रजनन स्वास्थ्य किट्स हस्तान्तरण

सरकारलाई पिपिई तथा प्रजनन स्वास्थ्य किट्स हस्तान्तरण
काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषले ९युएनएफपीए०ले विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । हस्तान्तरित सामग्रीमा ६ हजार ४८ थान व्यक्तिगत सुरक्षा कवच ९पिपिई०, ५० हजार जोडा ग्लोब्स्, ५० हजार थान सर्जिकल मास्क र २७ सेट अन्तरनिकाय प्रजनन स्वास्थ्य सामग्री९आइएआरएच किट्स० रहेका छन् । ती सामग्रीे सहयोगले आवश्यक यौन तथा प्रजनन स्वास्थ्य र लैङ्गिक ...