बनेन पानीजहाज कानुन

बनेन पानीजहाज कानुन
ललितपुर - सरकारले नेपालमा आन्तरिक जलमार्ग पहिचान गरी पानीजहाज सञ्चालन गर्न पानीजहाज कार्यालयको स्थापना गरेको झन्डै पाँच वर्ष पुग्न लाग्यो तर अझै कानुन बन्न सकेको छैन । समुद्रमा नेपालको पहिचानसहितको राष्ट्रिय झन्डा प्रयोग भएको पानीजहाज सञ्चालन गरी देशभित्र सरल र सुलभ यातायातका लागि आन्तरिक जलमार्गको अपरिहार्यता महसुस गरेर २०७५ मङ्सिर ९ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार ललितपुरमा २०७५ फागुन २ गत...

ललिता निवास प्रकरण : नक्कली मोही बनेको आरोपमा दुई पक्राउ

ललिता निवास प्रकरण : नक्कली मोही बनेको आरोपमा दुई पक्राउ
काठमाडौँ - प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नक्कली मोही बनेर जग्गा हिनामिनामा सघाएको आरोपमा आज ललितपुरबाट दुई जनालाई पक्राउ गरेको छ । सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले नक्कली मोही बनेर जग्गा हडप्ने कार्यमा संलग्न रहेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा ललितपुर निवासी सञ्जयकुमार महर्जन र अर्का सकुलानन्द महर्जन रहेका छन् । उनीहरुसँगै...

उद्यमशीलतामार्फत देशको विकास गर्नुपर्छ : प्रमुख महर्जन

उद्यमशीलतामार्फत देशको विकास गर्नुपर्छ : प्रमुख महर्जन
पाटन - ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्यमशीलतामार्फत देशको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । ललितपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको तेस्रो महिला उद्यमी सम्मेलन, २०८० लाई सम्बोधन गर्दै उहाँले उद्यमीलाई आर्थिक सहयोगको खाँचो औँल्याउनुभयो । “हामी ‘पाटन डज नट स्लिप ९पाटन निदाउँदैन०’ भन्ने परियोजना ल्याउँदैछौंँ, यसमा उद्यमीलाई समेट्छौँ”, नगरप्रमुख महर्जनले भन्नुभयो, “नयाँ नौ...

कांग्रेसले गरेका राम्रा काम जनतालाई बुझाउनुपर्छ : महामन्त्री शर्मा

कांग्रेसले गरेका राम्रा काम जनतालाई बुझाउनुपर्छ : महामन्त्री शर्मा
काठमाडौँ - नेपाली कांग्र्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले गरेका राम्रा काम जनतालाई बुझाएर अघि बढ्नुपर्ने बताउनुभएको छ । यही साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज उहाँले बैठकमा उठेका प्रश्नको जवाफ दिँदै कांग्रेसले लिएका नीतिका कारण मुलुकमा बृहत् परिवर्तन सम्भव भएको उल्लेख गर्नुभयो । कांग्रेसले बैठक लाइभ गरेपछि यसको आकर्षण अन्य दलमा पनि पर्ने बताउँदै महामन्त...

विधेयकमाथि सङ्घर्ष समितिको विमति

विधेयकमाथि सङ्घर्ष समितिको विमति
काठमाडौँ - मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समिति नेपालले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि विमति जनाएको छ । सङ्घर्ष समितिद्वारा आज आयोजित पत्रकार सम्मेलनमा मिटर ब्याज र अन्य अनुचित लेनदेनका समस्या समाधान गर्न ल्याएको नयाँ कानुन पीडितमैत्री नभएको भन्दै सङ्घर्ष समितिले ५ बुदाँमा विमति जनाएको हो । सरकारले ल्याएको उक्त विधेयकमा भूतप्रभावी नभएकाले वि...

भक्तपुरका विद्यालयमा अब पढाइ र खेलकुद सँगसँगै

भक्तपुरका विद्यालयमा अब पढाइ र खेलकुद सँगसँगै
भक्तपुर -भक्तपुरका विद्यालयहरूले अब विद्यार्थीलाई पढाइसँगै विभिन्न खेलका प्रशिक्षण दिँदै खेलकुदको विकास गर्ने भएका छन् । प्याब्सन जिल्ला कार्यसमिति भक्तपुरको व्यवस्थापनमा भक्तपुर जिल्ला खेलकुद विकास समितिले आज उहाँ आयोजना गरेको ‘हामी विद्यालय अभियानअन्तर्गत विद्यार्थीलाई खेलकुदप्रति अभिप्रेरित’ विषयक अन्तरक्रियामा प्याब्सन र समितिबीच स्कुलमा खेलकुद प्रशिक्षण सञ्चालन गर्ने सहमति भएको हो । खेल गत...

पुरातात्विक महत्वका बालधारा संरक्षणको पर्खाइमा

पुरातात्विक महत्वका बालधारा संरक्षणको पर्खाइमा
पोखरा  - पोखरा प्राकृतिक सुन्दरतासँगै धार्मिक, सांस्कृतिक र पुरातात्विक सम्पदताले पनि उत्तिकै परिचित छ । आफ्नै विशेषता र मौलिकताले सजिएको पोखरामा एक सय वर्षको इतिहास बोकेका  बालधाराको पुरातात्विक महत्व रहे पनि ती सबैको संरक्षण हुन नसक्दा लोप हुने अवस्थामा पुगेका छन् । बालधाराको इतिहास हेर्दा सन् १९७७ मा तत्कालीन चिफ इन कमान्डर बबर शमशेरले आफ्ना नाबालक छोरा बाल शमशेरको स्मृतिमा बनाएको पाइन्छ  ...

भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट छ : प्रधानमन्त्री प्रचण्ड

भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट रहेको बताउनुभएको छ । इटालीको रोममा विभिन्न नेपाली सङ्गठनका प्रतिनिधिले उहाँसँग आज गर्नुभएको भेटमा प्रधानमन्त्री दाहालले देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा सरकार अघि बढेको जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डसँग नेपाली प्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया,...

पोषणसम्बन्धी समस्या समाधान गर्न तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री यादव

पोषणसम्बन्धी समस्या समाधान गर्न तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री यादव
जनकपुरधाम  -मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा देखिएको पोषणसम्बन्धी समस्या समाधान गर्न तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । सोमबार जनकपुरधाममा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) र वल्र्डभिजन इन्टरनेशनलको आयोजना तथा प्रदेश सरकारको समन्वयमा आयोजित पोषणसम्बन्धी राउण्डटेबल छलफल कार्यक्रममा मुख्यमन्त्री यादवले कुनै एक तहका सरकारको पहलले मात्रै मधेस प्रदेशमा रहेको ...

‘दिवा खाजा कार्यक्रम’ नेपालमा सफल : प्रधानमन्त्री प्रचण्ड

‘दिवा खाजा कार्यक्रम’ नेपालमा सफल : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालबालिकाका लागि विद्यालयमा सञ्चालन गरिएको ‘दिवा खाजा कार्यक्रम’ नेपालमा सफल भएको बताउनुभएको छ । सो कार्यक्रमबाट हरेक दिन देशभरका बालबालिका प्रत्यक्ष रुपमा लाभान्वित भइरहेको तथ्य पेस गर्दै प्रधानमन्त्री दाहालले त्यस कार्यक्रमलाई निरन्तरता दिन सरकारले पछिल्लो पाँच वर्षमा चार गुणा बजेट वृद्धि गरेको जानकारी गराउनुभयो । खाद्य तथा कृषि सङ्गठनको मु...