आयोगसम्बन्धी विधेयक चाँडै ल्याउने सहमति

आयोगसम्बन्धी विधेयक चाँडै ल्याउने सहमति
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक चाँडै ल्याउने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको उहाँहरुबीचको छलफलमा चालू संसद्को अधिवेशनबाट विधेयक ल्याएर शान्ति प्रक्रियाबाट ...

सिकिम्मका पूर्व मुख्यमन्त्रीलाई राई विद्यार्थीद्धारा मायाको चिनो प्रदान

सिकिम्मका पूर्व मुख्यमन्त्रीलाई राई विद्यार्थीद्धारा मायाको चिनो प्रदान
काठमाडौं - सिक्किमका पूर्वमुख्यमन्त्री तथा विधानसभा सदस्य पवन चाम्लिङलाई किरात राई विद्यार्थी संघले मायाको चिनो प्रदान गरेको छ । किरात राई यायोक्खाले किरात येले संवत ५०८० का अवसरमा काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना तथा ‘यलम्बर स्मृति सम्मान’ कार्यक्रममा उनलाई संघले मायाको चिनो प्रदान गरेका हुन् । पूर्वमुख्यमन्त्री चाम्लिङलाई कार्यक्रममा संघको तर्फबाट केन्द्रीय अध्यक्ष जीतेन राईसहित...

तनहुँ जलविद्युत् आयोजना : ‘केवल टनेल’ निर्माण शुरु

तनहुँ जलविद्युत् आयोजना : ‘केवल टनेल’ निर्माण शुरु
दमौली - तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनामा ‘केवल टनेल’ निर्माणको काम शुरु गरिएको छ । एक सय चालिस मेगावाट क्षमता रहेको आयोजनाको दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले विद्युत् गृहका लागि ‘केवल टनेल’ खन्ने काम शुरु गरेको हो । तनहँु जलविद्युत् आयोजनाका प्रबन्ध सञ्चालक प्रदीप थिकेको उपस्थितिमा सिनो हाइड्रोले बिहीबारदेखि सुरुङ खन्ने कामको शुरुआत गरेको ...

स्नानगृहमा डुबेर दूधे बालिकाको मृत्यु

स्नानगृहमा डुबेर दूधे बालिकाको मृत्यु
जलेश्वर - महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज दिउँसो स्नानगृह (बाथरुम) मा डुबेर एक दूधे बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–१ बस्ने रोशनकुमार साहकी छोरी एक वर्षीया आकृति साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताउनुभयो । आफ्नै घरमा खेलिरहेकी बालिका साह खेल्दाखेल्दै अचानक घरसँगै रहेको बाथरुममा पसेपछि बाथरुममा ...

पाँच महिनामा पनि पूर्ण भएनन् नेकपा विभाग

पाँच महिनामा पनि पूर्ण भएनन् नेकपा विभाग
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय विभागहरुले नेतृत्व टुङ्ग्याएको पाँच महिना बितिसक्दा पनि पूर्णता भने पाउन सकेका छैनन् । विभाग टुङ्ग्याउँदै एकीकरण प्रक्रियाले लगभग सकाएको नेकपा विभागलाई पूर्णता दिनेमा भने अझै अलमलमा छ । विभागका प्रमुख, उपप्रमुख र सचिवसहित बढीमा ३५ सदस्यीय कमिटी रहने भनिए पनि अहिलेसम्म गठन हुन नसक्दा विभागले कामसमेत गर्न सकेको छैन । नेकपाका ३२ विभागले पूर...

एकै दिन ५५ छोरीको बीमा

एकै दिन ५५ छोरीको बीमा
लहान - प्रदेश नं २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत सिरहाको कल्याणपुर नगरपालिकामा जारी छोरी शिक्षा बीमा सप्ताहको पहिलो दिनमै ५५ को बीमा गरिएको छ । विसं २०७५ माघ २ पछि जन्मेका सबै छोरीको बीमा गर्न सिरहाको कल्याणपुरमा जारी छोरी बीमा सप्ताह शिविरको पहिलो दिन बिहीबार मात्रै ५५ को बीमा गरिएको जनाइएको छ । नगरपालिकास्थित रेड्क्रस भवनमा भइरहेको सप्ताहको दोस्रो दिन आज पनि ...

सरकारी गीत चोरेर करोडौंको गैरकानुनी व्यापार, म्युजिक नेपाल विरुद्ध रेडियो नेपाल

सरकारी गीत चोरेर करोडौंको गैरकानुनी व्यापार, म्युजिक नेपाल विरुद्ध रेडियो नेपाल
मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु ठीकै छु, बिथोल्न नआउ । यो कर्णप्रीय गीत म्युजिक नेपालको युट्युव च्यानलबाट ६१ लाख भन्दा धेरैले हेरे सुनेका छन् । नेपालमा रेकर्डिङ्ग प्रविधि नभित्रिँदै कलाकारहरुलाई पारिश्रमिक दिई भारतमा पठाएर रेकर्ड गरेकादेखि रेडियो नेपालमै रेकर्ड गरेका धेरै पुराना गीत म्युजिक नेपालको युट्युव च्यानलमा भेटिन्छ । पुराना स्रष्टाका यी गीत देशको सरकारी सम्पत्ति हुन्, जसको स्वा...

जीवनभर कुण्ठा बोक्न त सक्दिनँ नि,त्यसैले बोले – आस्था राउत

जीवनभर कुण्ठा बोक्न त सक्दिनँ नि,त्यसैले बोले – आस्था राउत
काठमाडौं - गायिका आस्था राउत अहिले सामाजिक संजालमा चर्चामा छिन् गत बुधबार काठमाडौ एयरपोर्टमा भएको घटनाले उनलाई चर्चामा ल्याएको छ । राउतले फेसबूक लाइभमार्फत नेपाल प्रहरीको व्यवहारमाथि प्रश्न उठाउँदै प्रहरीलाई नै गाली गरेपछि सामाजिक सञ्जालमा बहसको विषय बनेको छ । सामाजिक सञ्जालमा कतिले आस्थाको समर्थन गरिरहेका छन् भने कतिले उनी यसरी आक्रोशपूर्ण रुपमा प्रस्तुत हुन नहुने प्रतिक्रिया दिएका छन् । प्र...

मिस्टर एण्ड मिस टीन शेर्पाको उपाधी मिङमार र आङदाली शेर्पालाई (भिडियो सहित)

मिस्टर एण्ड मिस टीन शेर्पाको उपाधी मिङमार र आङदाली शेर्पालाई (भिडियो सहित)
काठमाडौं - गौतम बुद्ध फिल्मस् प्रा.लि. ले आयोजना गरेको मिस्टर एण्ड मिस टिन शेर्पा २०२० ( सिजन -२ ) को उपाधी सिन्धुपाल्चोकका मिङमार छिरिङ शेर्पाले हात पारेका छन् भने मिस टीन तर्फ सोलेखुम्बुकाका आङदाली शेर्पाले हात पारेकी छन् । दुबै जनाले शीर्ष उपाधी संगै ३० /३० हजार नगद पाएका छन् भने मिस टीन तर्फ आङदालीले शीर्ष उपाधी सहित बेष्ट ट्यालेन्ट आफ्नो पोल्टामा पारिन् । नेपाल प्र...

काठमाडौंमा मनोरञ्जनसहितको पार्टी बस सञ्चालन हुँदै

काठमाडौंमा मनोरञ्जनसहितको पार्टी बस सञ्चालन हुँदै
काठमाडौं - स्वदेशी तथा विदेशी पर्यटकका लागि अतिरिक्त मनोरञ्जनसहित गन्तव्यमा पुग्ने सुविधा भएको पार्टी बस सञ्चालन गरिने भएको छ । बसभित्रै डिजे, बार, धूमपान कक्ष, पेन्ट्री, वाइफाइ, डान्स फ्लोर, एयर कन्डिशन, शौचालय आदिको सुविधा रहेको पार्टी बस पहिलोपटक काठमाडौँ भित्र्याइएको हो । रियल इकोनोमिक सस्टेनेबल सोसाइटी नेपाल (रेस नेपाल) ले हालै उक्त बस भित्र्याइएको थियो ।        मनोरञ्जनको अतिरिक्त सुविधा चा...