च्याम्पियनको दौड
काठमाडौँ- हिमेश पन्त युट्युबमा हल्काफुल्का हिट थिए । स्ट्यान्डप–कमेडी गर्थे, आफैं छोटा हास्यफिल्म बनाउँथे । तर, युट्युबको दुनियाँ उनलाई साँघुरो लाग्न थालेको थियो । त्यहीबेला रियालिटी सो आयो, कमेडी च्याम्पियन । उनलाई लाग्यो, ठूलो र फरक दर्शकसम्म पुग्ने माध्यम हो यो । आफ्नो क्षमता देखाउन मात्र होइन, नयाँ ज्ञान सिक्न पाइन्छ, जनसम्पर्क पनि बढ्छ ।
यत्तिबिघ्न फाइदा देखेपछि सोको प्रतियोगी बन्ने निर्क...