प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने

प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
मोरङ - प्रदेश नं १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइने भएको छ । प्रदेशअन्तर्गतका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका गरी ३४ हजार ८५१ र ७२५ सरसफाइ कर्मचारी गरी कूल ३५ हजार ५७६ जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेव...

महिलालाई लोकसेवा पढाउँदै गाउँपालिका

महिलालाई लोकसेवा पढाउँदै गाउँपालिका
मोरङ - लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन यहाँको एक गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । जिल्लाको उत्तर–पश्चिममा अवस्थित माछापुच्छ«े गाउँपालिकाले गाउँपालिकाभित्र स्थायी बसोबास भएका महिला तथा युवतीका लागि लोकसेवाप्रति आकर्षण बढाउन र परीक्षामा सक्षम बनाउन तयारी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक महिल...

मदन भण्डारी विश्वविद्यालयलाई निजी जग्गा अधिग्रहणको प्रक्रिया

मदन भण्डारी विश्वविद्यालयलाई निजी जग्गा अधिग्रहणको प्रक्रिया
काभ्रेपलाञ्चोक - मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका र नमोबुद्ध नगरपालिकामा १० हजार ३०० रोपनी सार्वजनिक जग्गा अधिग्रहणको काम सकिएको छ । विश्वविद्यालयका लागि आवश्यक देखिएको मध्ये निजी जग्गा अधिग्रहणको प्रक्रिया थाल्न छलफल भइरहेको जिल्ला मालपोत कार्यालय धुलिखेलले जनाएको छ । पाँचखालको वडा नं ७, १० र १२ तथा नमोबुद्धको २ र ३ नं वडाको १० हजार ३०० ...

ठूलो परिमाणमा लागुऔषध गाँजासहित तीन पक्राउ

ठूलो परिमाणमा लागुऔषध गाँजासहित तीन पक्राउ
लहान - प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित सिरहाको मिर्चैया नगरपालिका–९ बाट तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले करिब २५ किलो गाँजासहित मिर्चैया–८ निवासी १८ वर्षीय दीपेन्द्र राय, धनुषाको कमला नगरपालिका–८ निवासी ३३ वर्षीय सञ्जीव मण्डल र ३३ वर्षीय शम्भु यादवलाई पक्राउ गरेको हो । मिर्चैया–९ स्थित रणबहादुर श्रेष्ठको घरमा गाँजाको कारोबार भइरहेको ग...

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना
काठमाडौं - भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आफ्ना भारतीय समकक्षी रामनाथ कोविन्द र प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई आज बेग्ला–बेग्लै शुभकामना सन्देश पठाउँदै शुभकामना एवं बधाई ज्ञापन गर्नुभएको हो । सन्देशमा राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपतिको व्यक्तिगत सुख...

हार्डवेयर व्यवसायीद्वारा चेपाङ बस्तीमा न्यानो कपडा वितरण

हार्डवेयर व्यवसायीद्वारा चेपाङ बस्तीमा न्यानो कपडा वितरण
गण्डकी - विभिन्न पेशा व्यवसायीले आप्mनो लागि मात्र नभई समाजका अतिविपन्न तथा सीमान्तकृत वर्गको दुःखमा समेत सहयोगी बन्द छन् भन्ने पोखराका निर्माण सामग्री व्यवसायीले उदाहरण दिएका छन् । पोखरा हार्डवेयर एशोसिएसन कास्कीको एक टोली नवलपुर जिल्लाको कावासोती नगरपालिका–१३ कुसनहरीका चेपाङबस्तीमा पुगेर न्यानो बिछ्यउना वितरण गरेर सबैका लागि अनुकरणीय बनेको हो । सो स्थानका ४० घरलाई डसना, फाइवर सिरक, खोल, झुल,...

डिभिजन वन तनहुँद्वारा पाँच पक्राउ

डिभिजन वन तनहुँद्वारा पाँच पक्राउ
तनहुँ - डिभिजन वन कार्यालय तनहुँले विभिन्न मुद्दाका पाँच जनालाई पक्राउ गरेको छ । सालको चिरान काठसहित दुई जनालाई सोमबार पक्राउ गरिएको सो कार्यालयले जनाएको छ । व्यास नगरपालिका–१ निवासी हर्क थापा र व्यास–१३ निवासी देउबहादुर आलेलाई पक्राउ गरिएको हो । व्यास–१ स्थित देउबहादुर आलेको श्रीराम फर्निचर उद्योगबाट १३०।२ क्यूफिट सालको चिरान काठ बरामद गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले...

कर्णालीमा आइपुग्यो कोरोना खोप ‘कोभिशिल्ड’

कर्णालीमा आइपुग्यो कोरोना खोप ‘कोभिशिल्ड’
कर्णाली - भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ कर्णाली प्रदेश आइपुगेको छ । सङ्घीय सरकारले नेपालगञ्ज कोल्ड स्टोर हुँदै कर्णालीका लागि पठाएको ११ हजार ७८० खोप सोमबार राति सुर्खेत आइपुगेको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले बुधबार ९भोलि० देखि खोप लगाउन शुरु गर्ने तयारी थालेको छ । निर्देशनालयका निर्देशक डा रविन खड्काले कर्णालीका १२ अस्पताललाई केन्द्र बनाएर खो...

एक पालिका : एक खेलमैदान बनाइँदै

एक पालिका : एक खेलमैदान बनाइँदै
दमौली - तनहुँको ऋषिङ गाउँपालिकामा खेलमैदान निर्माणका लागि गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । एक पालिका : एक खेलमैदान कार्यक्रमबमोजिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले गाउँपालिकाको झापुटारमा खेलमैदान निर्माणका लागि बजेट विनियोजन गरेको हो । ऋषिङ–१ झापुटारस्थित खेलमैदानका लागि रु २० लाख बजेट विनियोजन गरिएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी द...

माविमा छैन दरबन्दी

माविमा छैन दरबन्दी
बागलुङ - माध्यमिक तहमा स्तरवृद्धि भएको १० वर्ष बित्दासमेत यहाँको एक विद्यालय शिक्षक दरबन्दीविहीन अवस्थामा छ । जैमिनी नगरपालिका–९ पैँयूथन्थापस्थित बिजुवा माध्यमिक विद्यालयमा मावि तहको दरबन्दी छैन । कक्षा १० सम्म पढाइ हुने सो विद्यालयको आधारभूत तहमा छ दरबन्दी र एक राहत शिक्षक छन् । बाँकी छ शिक्षक निजी स्रोतका छन् । दरबन्दी अभावमा विद्यालयले अतिरिक्त आर्थिक भार बोक्नुपरेको छ । शिक्षकलाई तलब खुवाउ...