क्यान्सरपीडितले पाउने भए रु एक लाखसम्मको उपचार सेवा निःशुल्क

क्यान्सरपीडितले पाउने भए रु एक लाखसम्मको उपचार सेवा निःशुल्क
कनकाई - झापाको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा विपन्न परिवारका क्यान्सरपीडितले रु एक लाखसम्मको उपचार सेवा निःशुल्क पाउने भएका छन् । नेपाल सरकार स्वास्थ्य सेवा विभागको विपन्न नागरिक औषधोपचार कोष कार्यक्रमअन्तर्गत अस्पतालले सो सेवा सञ्चालन गरेकोे जनाएको छ । अस्पतालले गत पुस २१ गते नेपाल सरकारसँग गरेको सम्झौताका आधारमा यही माघ १ गतेदेखि यो सेवा सञ्चालन गरेको अस्पतालका जनसम्पर्क अधिकृ...

दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु
भरतपुर - चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरी मनरा सिसुवा नगरपालिका–९ का ३२ वर्षीय आनन्द झा रहेको प्रहरीले जनाएको छ । बिहीबार साँझ चितवनको राप्ती नगरपालिका–१ पिप्लेस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको ना६ख ६२८६ नंको ट्रकले सोही दिशाबाट आइरहेको प्रदेश नं २–०२–००१प ५१०४ नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भए...

शहीद दिवस ः १३ वर्षमा पनि बनेन राष्ट्रिय शहीद स्मारक

शहीद दिवस ः १३ वर्षमा पनि बनेन राष्ट्रिय शहीद स्मारक
काठमाडौं - प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउ...

लोकतन्त्रको रक्षाका लागि आन्दोलन आवश्यक – पूर्वप्रधानमन्त्री खनाल

लोकतन्त्रको रक्षाका लागि आन्दोलन आवश्यक – पूर्वप्रधानमन्त्री खनाल
मोरङ - नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालेले जनतको ठूलो त्याग र संघर्षबाट ल्याएको लोकतन्त्रको रक्षाका लागि राजनीतिक दल सडकमा उत्रेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गदै उहाँले आन्दोलनले लोकतन्त्र र संविधानको रक्षा गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्ने प्रष्ट पार्नुभयो । उहाँले संविधान बमोजिम संसद् पुनःस्थापना अनिवार्य...

पूर्वाधार विकासले मुलुकको मुहार फेरियो – मन्त्री नेम्वाङ

पूर्वाधार विकासले मुलुकको मुहार फेरियो – मन्त्री नेम्वाङ
ओखलढुङ्गा - सरकारले गरेको पूर्वाधार विकासको कामले मुलुकको मुहार फेरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले बताउनुभएको छ । ओखलढुङ्गाको रामपुरमा आज आयोजित नेकपाको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले वर्तमान सरकारको कामले मुलुकलाई गति दिएको दाबी गर्नुभएको हो । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएपछि शुरु भएका भौतिक विकासका कामलाई आफू मन्त्री भएपछि थप ग...

पुनःनिर्माण सम्पन्न भएपछि बिपी राजमार्ग हस्तान्तरण

पुनःनिर्माण सम्पन्न भएपछि बिपी राजमार्ग हस्तान्तरण
काठमाडौं - जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले बिपी राजमार्गअन्तर्गत पाँच खण्डको पुनःनिर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गरेको छ । जाइकाको आर्थिक सहयोगमा निर्माण भएको राजमार्गमा विभिन्न खण्डमा भूकम्पले क्षति पु¥याएकाले जाइकाले पुनःनिर्माण गरेको थियो । जाइकाले भर्चुअल कार्यक्रममार्पmत आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई उक्त सडक हस्तान्तरण गरेको हो । भौतिक पूर्वाधारमन्त्री...

हुम्लाका गाउँपालिकामा खुले विद्यालय

हुम्लाका गाउँपालिकामा खुले विद्यालय
सिमकोट - हुम्लाका तीन गाउँपालिकाका विद्यालयमा आजदेखि पठनपाठन शुरु भएको छ । कोरोना सङ्क्रमणको त्रासले झण्डै १० महिनादेखि बन्द यहाँका तीन गाउँपालिकाका ७७ विद्यालय आजदेखि खुलेका छन् । सिमकोट, ताँजाकोट र सर्केगाड गाउँपालिकाका ७७ विद्यालय सञ्चालनमा आएका हुन् । लामो समयदेखि कोरोनाका कारण बन्द भए तापनि यतिखेर भने बन्दाबन्दी खुकुलो भएको र कोरोना सङ्क्रमणको त्रास न्यून हुँदै गएपछि निजी तथा सामुदायिक व...

माडीको पुल बनाउन सहमति दियो निकुञ्जले

माडीको पुल बनाउन सहमति दियो निकुञ्जले
चितवन - चितवन राष्ट्रिय निकुञ्जले आवश्यक प्रक्रिया पूरा नगरेको भन्दै रोकेका माडीका पुल वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने प्रक्रिया अघि बढाउने सहमतिपछि काम सञ्चालन गर्न अनुमति दिएको छ । हुलाकी सडकमा निर्माण भइरहेका ११ वटा पुलमध्ये आठ वटाको वातावरणीय प्रभाव मूल्याङ्कन नगरी काम अघि बढाइएको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले वातावरणीय प्रभाव मूल्याङ्कनको काम अघि बढाएपछि पुल निर्म...

‘संसद् पुनःस्थापनाभन्दा निर्वाचनमा जानु फलदायी’

‘संसद् पुनःस्थापनाभन्दा निर्वाचनमा जानु फलदायी’
कलैया - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले संसद् पुनःस्थापना भए देशमा अझै अन्योल र जटिलता थपिने धारणा व्यक्त गर्नुभएको छ । कांग्रेस बाराले कलैयास्थित पार्टी कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा साउदले कांग्रेसलाई संसद् पुनःस्थापनाभन्दा निर्वाचनमा जानु फलदायी हुनेमा जोड दिनुभयो । लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको हुँदा चुनावबाट भागेर कहिले पनि नजाने बताउँदै चुनावको तयारीमा लाग...

प्रम ओलीलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

प्रम ओलीलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश
काठमाडौं - सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाइ आफँै लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । न्यायाधीश डा. मनोज शर्माको एकल इजलासले आज सो आदेश जारी गरेको हो । “म्याद प्राप्त भएका मितिले बाटाको म्यादबाहेक सात दिनभित्र सबै बेहोरा खुलाइ आफैँ लिखित जवाफ पेश गर्नुहोला”, आदेशमा भनिएको छ । वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आ...