डेङ्गु सङ्क्रमण २१ हजार नाघ्यो

डेङ्गु सङ्क्रमण २१ हजार नाघ्यो
काठमाडौं  - नेपालमा डेङ्गु सङ्क्रमण बढिरहेको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म डेङ्गु सङ्क्रमण २१ हजार दुई सय छ जनामा पुष्टि भएको छ । महाशाखाले भदौ र असोजमा डेङ्गु सङ्क्रमण उच्च हुने प्रक्षेपण गरेको थियो । सङ्क्रमणबाट १३ जनाको निधन भएको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले पानी परिरहेकाले डेङ्गु सङ्क्रमण दैनिकरूपमा बढेको बताउनुभयो । न...

काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने

काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने
काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा साढे आठ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुनसक्ने जनाएको छ । विद्युत् प्राधिकरणले काठमाडौँका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्रअन्तर्गत पर्ने फिडरबाट आपूर्ति हुँदै आएको बिजुली आज बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म प्रभावित हुनसक्ने जनाएको छ । हाल टेकु सवस्टेसनको स्तरोन्नति गरी टेकु–स्य...

गणपति तेल मिलमा आगलागी

गणपति तेल मिलमा आगलागी
दाङ - तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा आज बिहान आगलागी भएको छ । बिहान २ः३० बजे तेल मिलमा आगलागी भएको आफूले थाहा पाएको सञ्चालक हिमाल बस्नेतले जानकारी दिनुभयो । तेल मिलमा आगलागी भएको र आफूले झण्डै एक घण्टापछि मात्र थाहा पाएको बस्नेतले बताउनुभयो । आगलागी भएको खबर पाएलगत्तै ठूलो सङ्ख्यामा स्थानीय, पानी ट्याङ्कर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा आज विहान आगो नियन्त...

आजदेखि माओवादीको विशेष रुपान्तरण अभियान सुरु

आजदेखि माओवादीको विशेष रुपान्तरण अभियान सुरु
काठमाडौं - नेकपा (माओवादी केन्द्र)ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ९ बजे पार्टी मुख्यालय पेरिसडाँडाबाट अभियानको उद्घाटन गर्नुहुने माओवादीले जनाएको छ । मुलुकमा राजनीतिक परिवर्तन र रुपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको देशको प्रमुख शक्तिमध्ये एक माओ...

सर्पले डसेका बिरामीको सेनाको सहकार्यमा प्रभावकारी उपचार

सर्पले डसेका बिरामीको सेनाको सहकार्यमा प्रभावकारी उपचार
काठमाडौं - नेपाली सेनाको सहयोगमा सञ्चालनमा रहेका सर्पदंश उपचार केन्द्रमा एक वर्षमा सर्पले डसेर आएका छ हजारभन्दा धेरै बिरामीको उपचार गरिएको छ । मुलुकका विभिन्न स्थानमा सेनाको सहयोगमा सञ्चालनमा रहेका २३ सर्पदंश उपचार केन्द्रले गत आर्थिक वर्ष २०७९र८०मा सर्पले डसेर आएका छ हजार चार सय ६७ जनालाई उपचार सेवा प्रदान गरेको हो । तीमध्ये सेनाको पूर्ण स्वामित्वमा पाँच, सेना(स्थानीय निकाय र जनस्वास्थ्य कार्य...

‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा

‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा
काठमाडौं - सांस्कृतिक पर्व ‘गाईजात्रा’सँगै रक्षा बन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी)को अवसरमा नयाँ चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा आएका छन् । शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिए पनि चाडपर्वका कारण एक दिन अगाडि नै यी चलचित्र प्रदर्शन गरिएका हुन् । राजनीतिलाई पृष्ठभूमि बनाएर तयार गरिएको चलचित्र ‘ऐँचो पैँचो’ लाई कृषा चौलागाईँले निर्देशन गर्नुभएको छ । यद्यपि चलचित्र पूर्णरूपमा राजनीतिमै...

एमालेले ‘झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा’ सञ्चालन गर्ने

एमालेले ‘झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा’ सञ्चालन गर्ने
काठमाडौं - नेकपा (एमाले)ले ‘झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा’ अभियान सञ्चालन गर्ने भएको छ । एमालेले मध्यपहाडी लोकमार्गको सुरुआत बैतडीको ‘झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङ पदयात्रा’ अभियान सञ्चालन गर्ने निर्णय गरेकोे एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँले पार्टीले जनतासँग प्रत्यक्षरूपमा हातेमालो गरेर अगाडि बढ्नका लागि पदयात्रा अभियानको आयोजना गरेको बताउनुभयो । अभियानले म...

राप्रपाको पार्टी कार्यालय नभत्काउन उच्च अदालतको अन्तरिम आदेश

राप्रपाको पार्टी कार्यालय नभत्काउन उच्च अदालतको अन्तरिम आदेश
काठमाडौं  - उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधिशद्वय शुभाष पौडेल र नारायणप्रशाद पौडेलको संयुक्त इजलासले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको जग्गामा निर्मित भवन नभत्काउन अन्तरिम आदेश दिएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो । उहाँका अन...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं - सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर चार, डिजेल र मट्टितेल प्रतिलिटर तीन र एलपी ग्यास प्रतिसिलिन्डर रु दुई सय ३५ ले बढेको छ । निगमले मूल्य वृद्धि आज मध्यरातिदेखि लागू हुने जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट आज मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमा जनाएको छ । निगमका अनुसार इण्डि...

जिउडाल हेरेर महिलाको मोलमोलाइ

जिउडाल हेरेर महिलाको मोलमोलाइ
काठमाडौं  - ‘अंग्रेजी राम्रो, मेकअप म्याच गर्ने, हँसाइ राम्रो भएको, जिउडाल मिलेको, कपडा लगाउँदा फिगर राम्रो देखिने युवतीलाई १२/१५ लाख तिर्न कसैले गाह्रो मान्दैनन्,’ दुबईमा बन्धक बनाइएकी एक युवतीले भनिन्, ‘घरेलु कामदारका लागि भन्दै दैनिक विभिन्न देशबाट डिमान्ड आउँछन् तर हामीलाई बन्धक बनाएको नेपाली एजेन्टसँग कुरा मिलेको छैन।’ घरको आर्थिक अवस्था कमजोर भएकाले दुबई गएकी सिन्धुपाल्चोककी २२ वर्षीया ती...