स्ट्रिङ अप्रेसन ठप्प, अख्तियारलाई काम गर्न गाह्रो
बाँके - अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पर्क कार्यालय, नेपालगन्जले २०७७ साउन ८ गते भेरी अस्पताल, नेपालगञ्जमा स्ट्रिङ अप्रेसन गर्यो। १६ लाख १ हजार ३ सय ९७ रुपियाँ बरामद गरिएको अप्रेसनमा लेखा अधिकृतसहित १५ जनालाई छानबिनको दायरामा ल्याइयो ।
२०७७ असार २२ गते इलाका प्रहरी कार्यालय, खजुराखुर्द बाँकेका प्रनानि र प्रहरी हवल्दारविरुद्ध १३ हजारको स्ट्रिङ अप्रेसन भयो । २०७७ मंसिर ५ गते मालपोत कार्य...