कोभिडविरुद्धको खोप सबै नेपालीलाई निःशुल्क

कोभिडविरुद्धको खोप सबै नेपालीलाई निःशुल्क
काठमाडौं - सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउनेभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नफिज) को केन्द्रीय कार्य समितिलाई शुक्रबार मन्त्रालयमा स्वागत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिनुभएको हो ।जनताको जीवनरक्षा राज्यको पहिलो दायित्वका रूपमा वर्तमान सरकारले लिएको र त्यसलाई कार्यान्वयन गर्न कोभिड विरुद्धको भ्याक्सिन सबै नेपालीलाई न...

अस्पताल जान समस्या भएपछि चन्दा उठाएर एम्बुलेन्स

अस्पताल जान समस्या भएपछि चन्दा उठाएर एम्बुलेन्स
चितवन - दूधपोखरी सम्पर्क समाज चितवनले लमजुङको दूधपोखरी गाउँपालिकाका जनताको स्वास्थ्य उपचारमा सहयोग पुर्याउन एम्बुलेन्स खरिद गरेको छ । लमजुङको दूधपोखरी गाउँपालिका जन्मघर भई हाल चितवनमा बसोबास गर्नेको संस्था दूधपोखरी सम्पर्क समाजले चन्दा सङ्कलन गरेर एम्बुलेन्स खरिद गरिदिएको हो । समाजका अध्यक्ष होमनाथ न्यौपानेका अनुसार रु ११ लाख ५० हजारमा एम्बुलेन्स खरिद गरिएको हो । एम्बुलेन्स खरिद गर्न चितवनसहित...

शिक्षकलाई ठेक्कापट्टा र राजनीतिमा नअल्मलिन शिक्षामन्त्रीको आग्रह

शिक्षकलाई ठेक्कापट्टा र राजनीतिमा नअल्मलिन शिक्षामन्त्रीको आग्रह
झापा -शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयका शिक्षक र प्रधानाध्यापकलाई ठेक्कापट्टा र राजनीतितिर नभई पठनपाठनको गुणस्तर सुधार्नतिर ध्यान दिन आग्रह गरेका छन्।   मेचीनगर नगरपालिका–८ स्थित आदर्श माध्यमिक विद्यालयको नयाँ पुस्तकालय भवनको उद्घाटन गर्दै उनले शिक्षालाई प्रविधिमैत्री बनाउन शिक्षकले मेहनत गर्नुपर्ने बताए।   झापाको नमूना विद्यालयका रुपमा चिनिएको आदर्श माविमा संघ...

कोरोना सङ्क्रमितलाई रोग प्रतिरोधात्मक औषधि निःशुल्क वितरण

कोरोना सङ्क्रमितलाई रोग प्रतिरोधात्मक औषधि निःशुल्क वितरण
मङ्गलबारे - कोरोना सङ्क्रमितलाई इलाम नगरपालिका–७ ले निःशुल्क रोग प्रतिरोधात्मक औषधि वितरण गर्ने भएको छ । होम आइसोलेसन र वडा कार्यालयभित्र रहेका आइसोलेसन कक्षमा रहेका सङ्क्रमितलाई आयुर्वेदिक औषधि वितरण गरिने भएको हो । विभिन्न खालका रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका औषधि वितरण गरिने वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले होम आइसोलेसनमा बसेकाको अवस्था बुझ्न घरघरमा नै जाने र चि...

जनवरीदेखि कोरोनाविरुद्धको खोप दिने क्यानडाको तयारी

जनवरीदेखि कोरोनाविरुद्धको खोप दिने क्यानडाको तयारी
क्यानडा सरकारले आगामी जनवरीदेखि कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ ।   क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टीनले जनवरीदेखि खोप वितरण गर्नेगरी तयारी भइरहेको जानकारी दिए । ‘यो धेरै गाह्रो काम हो, हामी गरिरहेका छौँ, जनवरीमा खोप आउने र तत्कालै हामीले वितरण गर्नेगरी तयारी गरिरहेका छौँ,’  उनले भने । उनलाई क्यानडाको सरकारले गत हप्ता सार्वजनिक स्वास्थ्य ...

कोरोनाविरुद्ध कहिले कुन खोप आइपुग्छ ?

कोरोनाविरुद्ध कहिले कुन खोप आइपुग्छ ?
संसारभर सबैको एउटै साझा चिन्ता छ, कोरोना भाइरसविरुद्धको खोपको विकास कहिले होला ? यो आमनागरिकको पहुँचमा कहिले पुग्ला ? यसको उत्तर सहज छैन। तर, धेरैको अनुमान छ कि परीक्षणका क्रममा रहेका केही खोपले नोभेम्बर अन्तिमसम्ममा सफलता पाउनेछन्। अर्को वर्ष मध्यसम्म आमनागरिकको पहुँचमा खोप पुग्नेछ। विश्व स्वास्थ्य संगठनका अनुसार खोप विकास गर्न विश्वभरका १ सय ८२ कम्पनीले क्लिनिकल परीक्षणका लागि आवेदन दिएका...

पछिल्लो २४ घण्टामा थपिए २७३६ नयाँ संक्रमित

पछिल्लो २४ घण्टामा थपिए २७३६ नयाँ संक्रमित
काठमाडौं - पछिल्लो २४ घण्टामा २७३६ जना कोरोना संक्रमित थपिएका छन्।  मन्त्रालयका अनुसार मंगलबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ४८ प...

चितुवासँग लडेर छोरीको उद्धार

चितुवासँग लडेर छोरीको उद्धार
तनहुँ - तनहुँकी एक महिला चितुवाको आक्रमणमा परेकी आफ्नी छोरीलाई खोसेर उद्धार गर्न सफल हुनुभएको छ । शुक्लागण्डकी नगरपालिका–३, बनकेवाकी इन्दिरा न्यौपानेले सोमबार साँझ घरमै खेलिरहेकी छोरीलाई आक्रमण गरी घिसारेर ५० मिटर तल पु¥याएको चितुवासँग लडेर छोरीलाई बचाउनुभएको हो । घरको आँगनमा रहेको धारामा आमासँग हात समातेर पुगेकी २१ महिनाकी संस्कृति न्यौपानेलाई चितुवाले आक्रमण गरी लगेको थियो । छोरीलाई चितुवाले...

भ्याए जाँच, नभ्याए पास

भ्याए जाँच, नभ्याए पास
विराटनगर - विराटनगरको रानी नाकामा केही दिनदेखि कोरोना भाइरस संक्रमण परीक्षणका लागि हेल्थ डेक्स राखिएको छ। सामाजिक विकासमन्त्री जीवन घिमिरेले मंगलबार हेल्थ डेस्कको सुरुआत गरेका थिए। सीमा नाका र हवाईमार्गबाट विराटनगर प्रवेश गर्नेको संक्रमण जाँच्न हेल्थ डेक्स स्थापना गरे पनि प्रभावकारी छैन। मन लागे हेल्थ डेक्समा जाने र परीक्षण गर्ने नलागे सरासर नेपाल प्रवेश गर्नेको संख्या नाकामा उच्च छ। स्वास्थ्य...

१४ हजार बालबालिकालाई दादुरा खोप दिइने

१४ हजार बालबालिकालाई दादुरा खोप दिइने
इटहरी इटहरी उपमहानगरमा फागुन १४ देखि २२ गतेसम्म दादुरा र रुवेलाविरुद्धको खोपका लागि तयारी तीव्र पारिएको छ । इटहरीमा नौ महिनादेखि पाँच वर्षमुनिका १४ हजार २४७ बालबालिकालाई दादुरा र रुवेलाविरुद्धको खोप प्रदान गरिनेछ । दादुरा र रुवेला खोप अभियानकै अवसरमा जन्मेदेखि पाँच वर्षसम्मका १७ हजार ३४६ बालबालिकालाई पोलियो थोपासमेत खुवाइने कार्यक्रम रहेको उपमहानगर स्वास्थ्य संयोजक रामचरण चौधरीले बताउनुभयो । ...