तास खेल्दै गरेको अवस्थामा सात पक्राउ

तास खेल्दै गरेको अवस्थामा सात पक्राउ
स्याङ्जा -तास खेल्दै गरेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–४ नागडाँडास्थित निरञ्जन श्रेष्ठले सञ्चालन गर्दै आएको खाजा घरबाट प्रहरीले तास खेल्दै गरेको अवस्थामा पुतलीबजार–४ का खाजा घर सञ्चालक ३७ वर्षीय श्रेष्ठसहित सोही ठाउँ बस्ने ३८ वर्षीय मदन पौडेल, ५१ वर्षीय चन्द्रबहादुर गुरुङ, ५१ वर्षीय दाताराम पोखरेल, ३८ वर्षीय लोकनाथ गिरी, ५७ वर्षीय कृष्ण थकाली र ५१ वर्षीय भक्त...

गाउँलेले ब्युँताएको विद्यालय

गाउँलेले ब्युँताएको विद्यालय
बागलुङ - गत शैक्षिक सत्रमा सरस्वती प्राथमिक विद्यालयमा जम्मा पाँच जना विद्यार्थी भर्ना भए । तीमध्ये पनि दुई जनाले पछि अर्कै विद्यालय रोजे । विद्यार्थी सङ्ख्या शून्यतिर झरेपछि विद्यालयको अस्तित्व नै सङ्कटमा पर्यो । काठेखोला गाउँपालिका–७ रेशस्थित सो विद्यालय बन्द हुने स्थितिमा पुग्यो । अर्को विद्यालयमा गाभिनुपर्ने भयो । गाउँछिमेकको विद्यालय हट्ने कुराले स्थानीयवासीको मन कुँडियो । अघिल्लो पुस्ताक...

निर्वाचन समाचार : हुम्लाका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम

निर्वाचन समाचार : हुम्लाका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम
सिमकोट -जिल्ला निर्वाचन कार्यालय हुम्लाले यहाँका स्थानीय तहमा रहेका गाउँगाउँका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेर सम्पन्न गरेको छ । सरकारले गत पुस ५ गते संसद् विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेपछि त्यसको तयारीका लागि ती कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । चुनावमा मत बदर नहोस् भन्नका लागि ती कार्यक्रमले सहयोग पुग्ने कार्यालयका प्रमुख ...

विपद्मा काम लाग्यो बालकोष

विपद्मा काम लाग्यो बालकोष
बझाङ -बचत गर्न भनेर बाठपाला प्राथमिक विद्यालय तलकोटमा अध्ययनरत छोरीले १० रुपैयाँ माग्दा बुबा महाविरे सार्कीलाई अनौंठो लागेको थियो । दश रुपैयाँ बचत गरेर के होला र भन्ने सोचेका उनले छोरीको ढिपी पूरा गर्न दिएको सो पैसा आपत्मा काम लागेको छ । करिश्मा जस्तै सो विद्यालयमा अध्ययनरत ११० छात्र÷छात्राले गरेको बचत अहिले कोभिड– १९ का विपत्मा सुरक्षित तरिकाले विद्यालय सञ्चालन गर्न काम लागेको छ । गाउँपालिकाम...

बगरमा डोजर चलाएपछि माझी समुदाय बिचल्लीमा

बगरमा डोजर चलाएपछि माझी समुदाय बिचल्लीमा
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ डुम्रे वरको बोटका मिश्रा माझी आजभोलि घर तलको बगरमा जाने र आफ्नो कमाई खाने बगरमा कुनै पनि मेशिन चलाउँन पाइँदैन भन्दै बिलौना गरी बस्ने गर्नुुभएको छ । वर्षौंदेखि सोही बगरमा सावेल, कोदालो र पिक चलाएर बालुवा चाल्दै त्यसबाट आएको पैसाले उहाँको पाँच जनाको परिवारको जीविकोपार्जन हुँदै आएको छ । कमाई खाने खेतबारी नै नभएको उहाँको परिवारको दैनिकी नै बिहानदेखि बेलुकासम्म ...

चिकित्सकको दर्खास्त नपर्दा अस्पताल सञ्चालन अन्योलमा

चिकित्सकको दर्खास्त नपर्दा अस्पताल सञ्चालन अन्योलमा
जिल्लाको महाबु गाउँपालिकामा अस्पताल निर्माणका बेला स्थानीयवासीका अनेकौँ सपना थिए । अस्पताल बन्छ, डाक्टर आउँछन् र आफ्नै गाउँठाउँमा राम्रो उपचार पाउने आश थियो महाबुका वासिन्दाको । गाउँपालिकामै १० श्ययाको अस्पताल बन्यो । अस्पताल सञ्चालनका लागि गाउँपालिकाले आवश्यक चिकित्सकसहित तीन स्वास्थ्यकर्मीको दर्खास्त आह्वान ग¥यो । बिडम्वना, अन्य दुई पदका लागि दर्खास्त परे पनि डाक्टरका लागि निवेदन परेन । डाक्...

पेशागत महासङ्घमा थापा

पेशागत महासङ्घमा थापा
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट पेशागत महासङ्घ नेपाल (कोनेप) को राष्ट्रिय भेलाले शिक्षक नेता बाबुराम थापाका संयोजकत्वमा केन्द्रीय कमिटी पुनःगठन गरेको छ । महासङ्घका संयोजक विश्वनाथ प्याकु¥याललाई जिम्मेवारी मुक्त गर्दै भेलाले नेपाल शिक्षक महाङ्घका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य थापालाई चयन गरेको हो । भेलाले सहसंयोजकमा दयाराम बस्याललाई चयन गरेको छ भने केन्द्रीय सदस्य सङ्ख्या विस...

पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाए

पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाए
काठमाडौँ - पहिलो चरणको कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ । जसअनुसार प्रदेश नं १ मा २४ हजार २२४, प्रदेश नं २ मा २५ हजार ६३७, वाग्मती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार...

सर्लाहीमा साढे छ हजारलाई खोप

सर्लाहीमा साढे छ हजारलाई खोप
काठमाडौँ – सर्लाहीमा कोरोना भाइरसविरुद्धको खोपको पहिलो चरणको अभियान शनिबार सकिएको छ । जिल्लामा पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कार्यालय सहयोगी तथा सरसफाइकर्मी, महिला स्वयंसेविका, एम्बुलेन्स चालक, शववाहन चालकलगायतलाई खोप लगाइएको जिल्ला जनस्वास्थ्य कार्यालय मलङ्गवाले जनाएको छ । अभियानअन्तर्गत पहिलो चरणको १० दिनमा अग्रपङ्क्तिमा खटिने सबैलाई खोप लगाउने तय गरिए पनि शनिबार थप एक दिन समय थप...

कोरोना खोप अभियान : पहिलो चरण सकियो

कोरोना खोप अभियान : पहिलो चरण सकियो
काठमाडौँ – पहिलो चरणको कोरोनाविरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ । जसमा छ हजार ९४० जना सहभागी भएका छन् । यही माघ १३ गतेदेखि शुरु गरिएको पहिलो चरणको खोप अभियान शनिबार सम्पन्न भएको छ । शनिबारसम्ममा भरतपुर अस्पतालको केन्द्रबाट तीन हजार ७२९ ले खोप लगाएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो । त्यस्तै पूर्वी चितवनको रत्ननगर बकुलहर अस्पतालबाट ४००, बघौडा अस्पताल माडीबाट ...