थपिए ८१ कोरोनाका सङ्क्रमित

थपिए ८१ कोरोनाका सङ्क्रमित
काठमाडौँ - नेपालमा थप ८१ कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर तीन हजार २३ जनाको पिसिआर परीक्षण भएकामा ३२ महिला र ४४ पुरुषमा कोरोना पुष्टि भएको हो । आज काठमाडौँ उपत्यकामा १७ महिला र १६ पुरुष गरी ३३ सङ्क्रमित भेटिएका छन् । हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ७२ हजार ४३० पुगेको छ । गत २४ घण्टामा थप १११ सङ्क्रमणमुक्त भ...

हुम्लाको खार्पुनाथमा औषधि अभाव

हुम्लाको खार्पुनाथमा औषधि अभाव
हुम्लाको दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिकामा भेडाबाख्राहरुमा देखिएको लुताको औषधि अभाव भएको छ । उक्त गाउँपालिकाका– ६ निवासी कृषकजंग ऐडीका अनुसार गाउँबाट कृषकहरु सदरमुकाम सिमिकोटमा आए पनि औषधि पाउन सकेका छैनन् ।जिल्लामा कम मात्रामा हिमपात भएकाले गाईवस्तुलाई लुतो रोग लागेको ऐडीले बताउनुभयो । कार्यालय प्रमुख नहुँदा सहयोगीको भर जिल्लामा रहेका सरकारी कार्यालयमा कार्यालय प्रमुख नहुँदा क...

तारकेश्वरमा बर्डफ्लु पुष्टि

तारकेश्वरमा बर्डफ्लु पुष्टि
काठमाडौँ - काठमाडौँको तारकेश्वर नगरपालिका– स्थित साङलेखाला छापका किसानले पालेको कुखुरा र हाँसमा बर्डफ्लु भएको पुष्टि भएको छ । तारकेश्वर–१ स्थित साङलेखाला छापका किसान प्रल्हाद तामाङ, उनका छोरा सुमन तामाङले पालेको हाँस र कुखुरामा बर्डफ्लु पुष्टि भएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत रायले बताउनुभयो । केही दिनअघि स्थानीय किसानले पालेको हाँस र कुखुराको नमूना त्रिपुरेश्वरस्थित प्रयोगशाल...

कोरोनाका कारण ७५ प्रतिशत लघु तथा घरेलु उद्योग बन्द

कोरोनाका कारण ७५ प्रतिशत लघु तथा घरेलु उद्योग बन्द
काठमाडौँ - कोरोना भाइरसका कारण नेपालमा ७५ प्रतिशत लघु तथा घरेलु उद्योग पूर्ण रुपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको उद्योगमा कोभिडले पारेको प्रभावको अध्ययन प्रतिवेदनमा उल्लेख छ । मन्त्रालयले सार्वजनिक गरेको उक्त अध्ययन प्रतिवेदनअनुसार ५४ प्रतिशत उद्योगहरुको ५० प्रतिशत उत्पादन क्षमतामा गि...

थप १३४ मा कोरोना पुष्टि

थप १३४ मा कोरोना पुष्टि
काठमाडौँ - देशभर पछिल्लो २४ घण्टामा थप १३४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ५६७ जनाको स्वास्थ्य परीक्षण गर्दा ६३ महिला र ७१ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो समय कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या भने शून्य रहेको छ । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार ३४९ पुगेको छ...

बाँके समाचारः ज्येष्ठ नागरिक लक्षित निःशुल्क आँखा उपचार

बाँके समाचारः ज्येष्ठ नागरिक लक्षित निःशुल्क आँखा उपचार
बाँके - खजुरा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने सबै ज्येष्ठ नागरिकलाई आँखाको निःशुल्क उपचार गर्न शुरु गरेको छ । जनतासँग स्थानीय सरकार कार्यक्रमअन्तर्गत भिजन आँखा अस्पताल नेपालगञ्जसँग सहकार्य गरेर १ देखि ८ वडामा आँखा शिविर गरिने गाउँपालिकाले जनाएको छ ।ज्येष्ठ नागरिकको आँखा निःशुल्क जाँच, औषधि वितरण र करीब एक सय जनाको निःशुल्क शल्यक्रिया गर्ने लक्ष्य लिइएको छ । गाउँपालिकाका अध्यक्ष किस्मतकुम...

कर्णालीका सात जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्यमा

कर्णालीका सात जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्यमा
कर्णाली - कर्णाली प्रदेशका सात जिल्लामा कोभिड–१९ का सक्रिय सङ्क्रमित सङ्ख्या शून्यमा झरेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीका दैलेख, जाजरकोट, सल्यान, रुकुम–पश्चिम, कालीकोट, हुम्ला र मुगु जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको हो । दैलेखमा एक हजार ६८४, जाजरकोटमा १५९, सल्यानमा ६९३, रुकुम पश्चिम २५७, कालीकोटमा ३३१, हुम्लामा ६१ र मुगु ४१ जनामा कोरोना...

थप १६० मा कोरोना पुष्टि

थप १६० मा कोरोना पुष्टि
काठमाडौँ - थप १६० मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार २१५ पुगेको छ । थप चार हजार ३०९ को पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २१ लाख १० हजार ५७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ६८ हजार ४३१ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ...

आयुर्वेद विज्ञानमा स्नातकको पढाइ शुरु

आयुर्वेद विज्ञानमा स्नातकको पढाइ शुरु
काठमाडौँ – महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१२ मा अवस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारमा सोमबारदेखि आयुर्वेद विज्ञानमा स्नातकको पढाइ शुरु भएको छ । विद्यालयले सोमबार आयोजना गरेको एक कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेद विज्ञानमा स्नातकको पढाइको शुरुआत भएको घोषणा गर्नुभएको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को इजाजत प्राप्त गरेर गौशाला नगर...

जाजरकोट सञ्चार सेवाबाट वञ्चित

जाजरकोट सञ्चार सेवाबाट वञ्चित
सल्लाभीरमा रहेको रिपिटर टावरमा चट्याङले क्षति पुर्याएपछि जाजरकोट छ वटा स्थानीय तहमा सञ्चार सेवा विच्छेद भएको छ । जिल्लाका छेडागाड, नलगाड, बारेकोट, जुनिचाँदे, कुशे र शिवालय गाउँपालिकामा रहेका आमनागरिक चार दिनदेखि सञ्चार सेवाबाट वञ्चित भएका हुन् । एकैपटक जिल्लाका पाँच ठाउँमा रहेका टेलिफोन टावरमा सल्लाभीरबाट सिग्नल प्रसारण नहुँदा सञ्चार सेवा विच्छेद भएको हो । टावरमा चट्याङ परेकाले मर्मत गर्न केही सम...