महोत्तरीका चार पौराणिक शिव मन्दिरमा भक्तजनको घुइँचो
जलेश्वर - साउनका प्रत्येक सोमबार श्रद्धापूर्वक मनाइने सोमबारी मेला ९बोलबम०को अवसरमा आज पनि महोत्तरीका चार पौराणिक शिव मन्दिरहरुमा भक्तजनको अपार भीड लागेको छ ।
जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ, बर्दिबास नगरपालिकामा अवस्थित बाबा टुटेश्वरनाथ, भङ्गहा नगरपालिकामा अवस्थित बाबा सिद्धेश्वरनाथ र सोनमा गाउँपालिकामा अवस्थित बाबा मङ्गलनाथको मन्दिरमा भगवान शिवको पूजाअर्चना गर्ने दर्शनार्थ...