अस्पतालका क्यान्टिन अनुगमनः सरसफाइमा ध्यान दिन निर्देशन
भरतपुर - चितवनको भरतपुर महानगरपालिकाले महानगरभित्र रहेका ठूला अस्पतालको क्यान्टिनमा अनुगमन गरेको छ । अनुगमन क्रममा अधिकांश क्यान्टिनमा सरसफाइको अभाव देखिएको छ ।
भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालका अनुसार वडाध्यक्ष, महानगरको बजार अनुगमन समिति सदस्य, जनपथ प्रहरी, नगर प्रहरी, पत्रकारसहितको टोलीले अस्पतालका क्यान्टिन एवं अस्पताल वरपर रहेका होटलको टोलीले सोमबार अनुगमन गरेको हो । चितवन मेडिकल कलेज...