मस्र्याङ्दीको त्रासले रातभरी जागा बस्छन् एक्लेफाँटवासी
–पूर्ण विके
तनहुँ - आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटकी ४६ वर्षीया चिजा गुरुङ प्रायः दिनमै सुत्ने र रातमा जागा बस्दै आउनुभएको छ । स्थानीय मस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँधको पानीको सतह बढ्दा केही वर्ष पहिले ससुरा ७२ वर्षीय मनिराज गुरुङको बगाएर मृत्यु भएपछि त्रासले आफू राति सुत्नै नसकेको चिजाले बताउनुभयो ।
“पानी परेका बेला मस्र्याङ्दीको भेल बढेर घर भित्रै पसौँला झैँ गर्छ”, उहाँले भन्नुभयो, “...