सवारी दुर्घटनामा दुईको मृत्यु
काठमाडौँ - काठमाडौँको चन्द्रगिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुलीमा सवारी साधन दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । आज विहान बा १० च ३५४६ नंको भ्यान सडकबाट करिब दुई सय मिटर तल खसी दुर्घटना भएको हो ।
मृत्यु हुनेमा सिन्धुलीका २० वर्षीय चालक नवराज थोकर र काभ्रेका ४५ वर्षीय यात्रु अनिल तामाङ रहेको प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिनुभयो ।
काठमाडौँबाट चित्लाङतर्फ जाने क्रममा हिलोमा ...