पूर्वमन्त्रीको ड्रागनखेती

पूर्वमन्त्रीको ड्रागनखेती
तुलसीपुर - कुनै समय उजाड रहेको दाङको तुलसीपुर उपमहानगरपालिका–१८ तुलसीपुर–घोराही सडकखण्डसँगैको जग्गा अहिले हरियाली बनेको छ । “यो उजाड जग्गामा गाडिएका पिल्लर कहिले फल्ने हुन् ?” भन्दै खिसिट्यूरी गर्नेहरु भने चकित परेका छन् । खाली जग्गा सदुपयोग गरेर पूर्वमन्त्री लोकेन्द्र विष्टमगरसहित तीनजनाले ड्रागनखेती गरेपछि त्यो ठाउँ अहिले हरियाली बनेको हो । “ड्रागन फ्रुटको बिरुवा लगाएको दुई/तीन वर्षपछि मात्रै फ...

मौरीलाई चरन क्षेत्र अभाव

मौरीलाई चरन क्षेत्र अभाव
गलेश्वर - पैयूँका रुख नासिने र गाउँघरतिर तोरीखेती गर्ने चलन हराउँदै गएपछि मौरीलाई चरन क्षेत्रको अभाव भएको म्याग्दीका मौरीपालक कृषकले बताएका छन् । पुष्परसको अभावले गर्दा मह उत्पादनमा कमी आएको उनीहरुको भनाइ छ । जिल्लाका ज्यामरुककोट, रत्नेचौर, अर्मन, बाबियाचौरलगायतका गाउँमा व्यावसायिक रुपमा मौरीपालन गरेका कृषकले विगतका वर्षको तुलनामा यस वर्ष पुष्परसमा कमी आएको र मह उत्पादन कमी भएको बताएका हुन...

कृषि उत्पादन समृद्धिको आधार- मन्त्री थापा

कृषि उत्पादन समृद्धिको आधार- मन्त्री थापा
पोखरा - गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले कृषि उत्पादन समृद्धिको आधार भएको बताउनुभएको छ । गण्डकी प्रदेशस्तरीय व्यावसायिक च्याउ उत्पादक कृषि सञ्जालद्वारा शुक्रबार पोखरामा आयोजित च्याउखेतीको अवसर तथा चुनौती विषयक सरोकारवालाबीच अन्तक्र्रिया एवं च्याउ परिकार महोत्सवमा उहाँले कृषि क्षेत्र सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभयो । कम लगानीमा बढी उत्पादन गर्न आ...

बक्सिङ सङ्घमा तण्डुकार

बक्सिङ सङ्घमा तण्डुकार
काठमाडौँ - काठमाडौँ जिल्ला बक्सिङ सङ्घको विशेष साधारणसभाले नवीन तण्डुकारको अध्यक्षतामा आज पाँच सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ । सङ्घको उपाध्यक्षमा दीपक महर्जन, सचिवमा रमेश श्रेष्ठ, कोषाध्यक्षमा किशोर खत्री केसी र सदस्यमा केशव रञ्जितलाई चयन गरिएको छ । साधारणसभामा राष्ट्रिय खेलकूद परिषद्का सदस्य एवम् नेपाल बक्सिङ सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, नेपाल बक्सिङ सङ्घका ...

राजश्व बोर्ड गठन हुने – अर्थमन्त्री डा.खतिवडा

राजश्व बोर्ड गठन हुने – अर्थमन्त्री डा.खतिवडा
विराटनगर - अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले राजश्व बोर्ड गठन गर्ने तयारी गरेको बताउनुभएको छ । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा आज यहाँ आयोजित अन्तक्रियामा उहाँले सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्ने बताउँदै सरकारको ढुकुटीमा रकमको अभाव छैन भन्नुभयो । मन्त्री खतिवडाले सम्पत्ति शुद्धीकरणका विषयमा कसैले पनि चिन्ता लिनुपर्ने आवश्यकता छैन भन्नुभयो । उहाँले शङ्कास्पद कारोवार गर...

तीनमहिने सङ्गठन सुदृढीकरण अभियान शुरु

तीनमहिने सङ्गठन सुदृढीकरण अभियान शुरु
धनुषा - समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शासकवर्गले आफ्नो वर्चस्व कायम राख्ने गरी ल्याएको सङ्घीयताले शोषित पीडितवर्गको उत्थान सम्भव नरहेको बताउनुभएको छ । पार्टीले आजदेखि शुरु गरेको तीनमहिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको जनकपुरमा शुभारम्भ गर्दै अध्यक्ष यादवले संविधानको संशोधन नभएसम्म मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम र महिलाले स्वतन्त्राको अनुभूति गर्न नसक्ने बताउनुभय...

अशान्तिका कारण इथियोपियाली विश्वविद्यालयबाट ३५ हजार विद्यार्थी विस्थापित

अशान्तिका कारण इथियोपियाली विश्वविद्यालयबाट ३५ हजार विद्यार्थी विस्थापित
अदिस अबाबा - इथियोपियामा जारी अशान्तिका कारण विभिन्न विश्वविद्यालयबाट ३५ हजार विद्यार्थीले अध्ययनका लागि अनुकुल नभएको भन्दै अन्यत्र गएका अफ्रिकी राष्ट्र इथियोपियाको शिक्षा मन्त्रालयले जनाएको छ । विश्वविद्यालयमा हुने राजनीतिक गतिविधिका कारण उनीहरूले अध्ययनका लागि अन्यत्र गएका सम्बद्ध अधिकारीहरूले बताएका र यसका लागि मन्त्रालयस्तरबाट सुधारका काम सुरू गरिएको विज्ञान तथा उच्च शिक्षा मन्त्रालयले...

वर्षाले रुरु महोत्सव प्रभावित

वर्षाले रुरु महोत्सव प्रभावित
गुल्मी - वर्षाका कारण गुल्मीको रुरु महोत्सव बिहीबार र शुक्रबार दिनभर प्रभावित बनेको छ । वर्षाले बिहीबार राति रिडी खोलामा बाढी आएसँगै महोत्सवका लागि बगर छेउमा निर्माण गरिएका ३४ वटा होटलका अस्थायी टहरामा बाढी पसेकोले व्यवसायी विस्थापितमा परेका हुन् । आज बिहान स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा विस्थापित होटल व्यवसायीका सामग्री सुरक्षित स्थानमा सारिएको थियो । बाढी आएसँगै खोला...

काठमाडौँमा २४ घण्टा वर्षा

काठमाडौँमा २४ घण्टा वर्षा
काठमाडौं - काठमाडौँमा विगत २४ घण्टा निरन्तर वर्षा भएको छ । बिहीबार साँझदेखिको निरन्तर वर्षा आज अबेर साँझ रोकिएको छ । पश्चिम न्यून चापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकासहित देशैभर बदली र वर्षा भएको हो । मौसमी प्रणालीले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...

चक्रवृत्ति ब्याज धान्न नसकेपछि आत्महत्या

चक्रवृत्ति ब्याज धान्न नसकेपछि आत्महत्या
धादिङ - साहुको दबाब र चक्रवृत्ति ब्याज तिर्न नसकेपछि चन्द्रागिरि नगरपालिका–४, थानकोटका ३७ वर्षीय विनय लामिछाने बच्चासहित त्रिशूली नदीमा हाम फाल्न पुगेको तथ्य खुलेको छ । विनय र २७ वर्षीया श्रीमती जमुना रेग्मीले दुई वर्षीय र ६ महिनाका छोरा लिएर बेनिघाटरोराङ गाउँपालिकामा पर्ने बाँदरे नजीकै त्रिशूली नदीमा बिहीबार साँझ हाम्फालेको प्रहरीले जनाएको छ । हाम्फालेको देखेपछि स्थानीयवासीले विनयलाई जीव...