राष्ट्रिय फुटबल टोलीमा तीन खेलाडी थपिए

राष्ट्रिय फुटबल टोलीमा तीन खेलाडी थपिए
काठमाडौँ - राष्ट्रिय फुटबल टोलिका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले फिफा विश्वकप फुटबल–२०२६ र एएफसी एसियन कप–२०२७ को एसिया छनोटका लागि आज प्रारम्भिक टोलीमा तीन खेलाडी थप्नुभएको छ । थपिएका खेलाडीमा फ्रेन्ड्स क्लबमा मिडफिल्डर सन्तोष खत्री, कुशल फुयाल र जावलाखेल युथ क्लबका फरवार्ड हिसुब थपलियालाई राष्ट्रिय टोललीको प्रारम्भिक टोलीमा थप्नुभएको हो । यस तीन खेलाडी थपिएसँगै अब प्रारम्भिक टोलीम...

सिएनआई युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति चयन

सिएनआई युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति चयन
काठमाडौँ - नेपाल उद्योग परिसङ्घ (सिएनआई) अन्तर्गतको युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व चयन भएको छ । अनुराग गोयलको नेतृत्वमा आगामी दुई वर्ष अर्थात् सन् २०२३/२०२४ लागि नयाँ कार्यसमिति गठन भएको हो । नवनिर्वाचित अध्यक्ष गोयल गोयल गु्रपका प्रबन्ध निर्देशक हुनुहुन्छ । कार्यसमितिमा आशिष अग्रवाल (लर्निङ चेयर), चिराग सरावागी (मेम्बरसिप चेयर), मनिष श्रेष्ठ (मेम्बर इन्टीग्रेसन), सुगम घिमिरे (ग्रोथ एण्ड एक...

अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित

अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित
काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । अध्यागमन विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत रामबन्धु सेडाइँका अनुसार सर्भर डाउन भए पनि ‘मेनुअल’रुपमा अन्तर्राष...

बिरामीको मृत्युपछि अस्पतालमा तनाव

बिरामीको मृत्युपछि अस्पतालमा तनाव
चितवन - भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल ९पुरानो मेडिकल कलेज० मा उपचारका क्रममा महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ । चितवनको खैरहनी नगरपालिका–१० बडगाउँकी ३२ वर्षीया शर्मिला हट्वाल उप्रेतीको मृत्युपछि आफन्तले अस्पताल घेराउ गरेका हुन् । चिकित्सकको लापरबाहीका कारण उप्रेतीको ज्यान गएको आरोप लगाउँदै आफन्तहरूले अस्पताल घेराउ गरेका छन् । आफन्तले अस्पताल घेराउ गरेपछि अस्पता...

एक वर्षमा तीन सय घरमा खानेपानी

एक वर्षमा तीन सय घरमा खानेपानी
दैलेख - जिल्लाको डुङ्गेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०७९र८० मा तीन सयभन्दा बढी घरमा खानेपानीको धारा जडान गरी खानेपानीको पहुँच विस्तार गरेको छ । आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसीले गत आवमा तीन सय ५७ नागरिकका घरमा खानेपानी विस्तार गरिएको बताउनुभयो । सोही अवधिमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १८ योजना सञ्चालन गरी दुई सय चारलाई ...

उपचार गरिरहेको भिडियो बिरामीको मञ्जुरीबिना समाजिक सञ्जालमा नराख्न आग्रह

उपचार गरिरहेको भिडियो बिरामीको मञ्जुरीबिना समाजिक सञ्जालमा नराख्न आग्रह
ललितपुर - नेपाल मेडिकल काउन्सिलले बिरामीको परिचय खुल्नेगरी उपचार गरिरहेको भिडियो, तस्बिर वा भनाइ बिरामीसँग मञ्जुरी नलिइ समाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ । काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले भन्नुभयो, “कुनै पेसागत विवरण राख्नुपर्ने भए काउन्सिलमा दर्ता भएको प्रमाणपत्रमा उल्लिखित विवरण मात्र राख्न पाइने छ । ” नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ मा चिकित्सकका लागि समाजिक सञ्जाल ...

राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण

राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण
काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ प्रमाणीकरण गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम सो विधेयक आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलेजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नेपाली सेनाको निमित्त प्रवक्तामा गुरुङ

नेपाली सेनाको निमित्त प्रवक्तामा गुरुङ
काठमाडौँ - नेपाली सेनाको निमित्त प्रवक्ताको जिम्मेवारी महासेनानी अशोक गुरुङले सम्हाल्नुभएको छ । हालका प्रवक्ता कृष्णप्रसाद भण्डारी काम विशेषले कार्यक्रममा सहभागी हुन विदेश जानुभएकाले केही समयका लागि महासेनानी गुरुङले निमित्त प्रवक्ताका रुपमा आजदेखि कार्यभार सम्हाल्नुभएको हो । उपत्यका पृतनामा स्टाफका रुपमा कार्यरत महासेनानी गुरुङसँग यसअघि सैनिक जनसम्पर्क निर्देशनालयमा काम गरेको अनुभव छ ।

मुलुकी फौजदारी कार्यविधि संशोधन विधेयक पारित नगर्न आग्रह

मुलुकी फौजदारी कार्यविधि संशोधन विधेयक पारित नगर्न आग्रह
काठमाडौँ - मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटगरी संसद्मा प्रस्तुत मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को संशोधन विधेयकप्रति ध्यानाकर्षण गराएको छ । सभामुख र अध्यक्षको कार्यालय सिंहदरबारमा आज भएको छुट्टाछुट्टै भेटमा शान्ति समाजका अध्यक्ष रामकृष्ण बरालले ज्ञापनपत्र प्रस्तुत गर्दै विधेयक तर्जुमा गर्दा नै लोकतन्त्...

लमजुङमा दुई सय ९१ घरेलु उद्योग दर्ता

लमजुङमा दुई सय ९१ घरेलु उद्योग दर्ता
लमजुङ - जिल्लामा आर्थिक वर्ष २०७९र८० मा दुई सय ९१ घरेलु उद्योग दर्ता भएका छन् । एक वर्षको अवधिमा पर्यटन तथा साना उद्योग कार्यालय लमजुङमा दुई सय ९१ नयाँ उद्योग दर्ता भएका हुन् । यस अवधिमा तीन सय ९८ घरेलु उद्योगको नवीकरण भएको कार्यालय प्रमुख मीताकुमारी थापाले बताउनुभयो । उहाँका अनुसार सोही अवधिमा वाणिज्यतर्फ दुई सय आठ नयाँ दर्ता भएका छन् भने पाँच सय १८ को नवीकरण भएको छ । आव २०७८र७९ मा छ सय ८५ ...