गाईगोरु नियन्त्रणमा

गाईगोरु नियन्त्रणमा
झापा भद्रपुरको दुई भिन्न स्थानबाट प्रहरीले १८ गाईगोरु नियन्त्रणमा लिएको छ । नेपालबाट अवैधरुपमा लैजान लागिएको ती गाईगोरु प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बुधबार राति अवैधरुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको तीन वटा गोरु र पाँच वटा गाई भद्रपुर–४ स्थित रङ्गेडाँडाबाट नियन्त्रणमा लिएको हो । त्यस्तै, प्रहरीले ...

बाल्टिनमा डुबेर मृत्यु

बाल्टिनमा डुबेर मृत्यु
जिल्लाको कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको छ । नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादव खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिनुभयो ।

फोहर व्यवस्थापनमा ‘अब्बल’ बन्दै नेपालगञ्ज उपमहानगर

फोहर व्यवस्थापनमा ‘अब्बल’ बन्दै नेपालगञ्ज उपमहानगर
गाडीले लगेर फोहर खसाउँछ, जेसिभीले त्यसलाई फिजाउँछ । कर्मचारीले कुहिने र नकुहिने फोहरलाई छुट्याउँछन् । सीसा, प्लाष्टिक, बोतल, टायर एकातिर राखिन्छ, अरु कुहिने फोहरलाई अर्कोतिर । यी हुन् नेपालगञ्जमा ‘ल्याण्डफिल साइट’ सञ्चालनमा आएपछि फोहर व्यवस्थापनमा देखिने दृश्यहरु । भौतिक पूर्वाधारको विकाससँगै शहरीकरण बढ्दै गए । गाउँ शहर बन्दै जाँदा फोहर व्यवस्थापन मुख्य चुनौती बन्यो । नेपालगञ्ज उपमहानगरपाल...

बलात्कार आरोपित पक्राउ

बलात्कार आरोपित पक्राउ
इलाका प्रहरी कार्यालय कल्याणपुरले चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । खडक नगरपालिका–५ का २५ वर्षीय रामभगत चौधरीलाई सो आरोपमा बुधबार पक्राउ गरिएको हो । पीडितका बुवाले उजुरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको जनाएको छ । आरोपितले ललाइफकाइ आफ्नो घरमा लगेर माघ ३ गते बालिका बलात्कार गरेको पीडितले दिदीलाई बताएपछि घटना सार्वजनिक भएको हो ।

समयमै काम सम्पन्न नगर्नेसंँग ठेक्का रद्द

समयमै काम सम्पन्न नगर्नेसंँग ठेक्का रद्द
बाँकेको जानकी गाउँपालिकाले समयमै काम सम्पन्न नगर्ने दुई ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा सम्झौता भई हालसम्म काम सम्पन्न हुन नसकेको सम्झौता गाउँसभाबाटै रद्द गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँसभाबाट इशा निर्माण सेवा र सुनिता निर्माण सेवासँगको ठेक्का सम्झौता रद्द गर्ने प्रस्ताव प...

हिमपातले रोक्यो विकास निर्माण

हिमपातले रोक्यो विकास निर्माण
कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपातका कारण विकास निर्माणका काममा बाधा पुगेको छ । यहाँका स्थानीय तहले अहिले सम्झौता गरेर चैतबाट मात्र काम शुरु गर्ने जनाएका छन् । उपल्लो डोल्पाका चार र तल्लो डोल्पाको एक स्थानीय तहमा विकास निर्माणर्मा समस्या भएको छ । डोल्पोबुद्ध गाउँपालिका, छार्कातामसुङ गाउँपालिका, शेफोक्सुण्डो गाउँपालिका, काइके गाउँपालिकाको माथिल्लो भाग, मुड्केचुला गाउँपालिकाको वडा ५, ६...

करेन्ट लागेर महिलाको मृत्यु

करेन्ट लागेर महिलाको मृत्यु
कैलाली - धनगढी उपमहानगरपालिका– १३ स्थित श्रीलङ्का गाउँमा आज एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा मोटर चलाएर लुगा धुने क्रममा अचानक करेन्ट लागेर ४० वर्षीया हरिनादेवी विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । मृतक विष्टलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरी नायब उपर...

प्रदेशसभा सदस्य गुरुङविरुद्ध प्रहरीमा जाहेरी

प्रदेशसभा सदस्य गुरुङविरुद्ध प्रहरीमा जाहेरी
कास्की - गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) विरुद्ध अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले प्रहरीमा जाहेरी दिनुभएको छ । आफूलाई प्रदेशसभा सदस्य गुरुङले मङ्गलबार कुटपिट गरेको भन्दै उहाँले आज जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउनुभएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जाहेरी प्राप्त भएको र हाल संसद् चलिरहेकाले अदालतसँगको परा...

मोटरसाइकल चोरी गर्ने पक्राउ

मोटरसाइकल चोरी गर्ने पक्राउ
झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पताल परिसरबाट मोटरसाइकल चोरी गर्ने एक व्यक्तिलाई आज प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१३ चारआली बस्ने २० वर्षीय विनोद तामाङलाई मे११प २२७३ नंको मोटरसाइकल चोरेर भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको हो । स्थानीयको सहयोगमा दिउँसो १२ः४० मा मोटरसाइकल चोरेर भाग्दै गर्दा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लि...

माघमा शुरु नहुने कार्यक्रमको रकम फिर्ता गर्न सञ्चारमन्त्रीको निर्देशन

माघमा शुरु नहुने कार्यक्रमको रकम फिर्ता गर्न सञ्चारमन्त्रीको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालय र मातहतका निकायलाई यही माघ महिनाभित्र गर्नुपर्ने भनी तोकिएका काम अघि नबढेमा बजेट फिर्ता हुने बताउनुभएको छ । सञ्चार मन्त्रालय र सम्बन्धित निकायको आर्थिक वर्ष २०७६÷०७७ मा सञ्चालन गरिने कार्यक्रमको आज सिंहदरबारमा सम्पन्न अर्धवार्षिक समीक्षा बैठकमा मन्त्री बाँस्कोटाले वार्षिक कार्यक्रममा रहेकामध्ये हालसम्म खर्च हुन नसकेको वा हुन नसक्न...