पदीय दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा

पदीय दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा
काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा नापी कार्यालय भैरहवामा तत्कालीन नापी अधिकृत घनश्याम दुवेसमेत तीन जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार भैरहवाका तत्कालीन नापी अधिकृत दुवे र सर्भेक्षक रामराज यादवले पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी, सार्वजनिक सम्पत्तिको हानीनोक्सानी पु¥याई व्यक्ति विशेषलाई गैरकानूनी लाभ हुने गरी जग्गाको मूल्...

दुर्घटनामा महिलाको मृत्यु

दुर्घटनामा महिलाको मृत्यु
इलाम - इलाम नगरपालिका–९ स्थित मेची राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा माईजोगमाई गाउँपालिका–३ की २८ वर्षीया सञ्जु आचार्य रहेका छन् । इलामबाट झापातर्फ जाँदै गरेको को१८प ६९७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको ना३ख २७३२ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिँदा आचार्यको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सूर्योदय नगरपालिका– १० का ४...

नौ हजारले आज लगाए खाेप

नौ हजारले आज लगाए खाेप
काठमाडौं - कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ आज देशभरि नौ हजारभन्दा बढीले लगाउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले आज देशभरि नौ हजार ८४ जनाले खोप लगाएको जानकारी दिनुभयो । आज भारत सरकारबाट अनुदानमा ल्याइएको कोभिशिल्ड खोपको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको छ । प्रवक्ता प्रा डा गौतमका अनुसार प्रदेश नं १ मा एक हजार २५५ जना, प्रदेश नं...

कोभिड–१९ विरुद्धको खोप अभियानमा उत्साहजनक सहभागिता

कोभिड–१९ विरुद्धको खोप अभियानमा उत्साहजनक सहभागिता
काठमाडौं - सरकारले आज शुभारम्भ गरिएको कोभिड–१९ विरुद्धको खोपमा उत्साहजनक सहभागिता भएको बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले विज्ञप्ति जारी गर्दै खोप कार्यक्रममा सबै खोप केन्द्रमा उत्साहजनक सहभागिताले खोपप्रतिको विश्वास र अभियानको सफलता स्पष्ट दर्शाएको बताउनुभएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा कोभिड–१९ विरुद्...

चीनमा कोरोना भाइरसका सङ्क्रमित प्रतिदिन बढ्दै

चीनमा कोरोना भाइरसका सङ्क्रमित प्रतिदिन बढ्दै
बेइजिङ - चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । शुरुमा कोरोना भाइरसको सङ्क्रमण चीनको वुहान शहरबाट नै निस्किएको बताइएको थियो । गत वर्षको डिसेम्बरमा यो भाइरस भेटिएको हो । यसरी वुहानबाट देखिएको यो भाइरस संसारका देशहरुमा पुगि सेकेको छ र ती देशमा अहिले पनि सङ्क्रमित हुने क्रम जारी नै रहेका समाचारहरु आइरहेका छन् ।यसरी ...

मिनीट्रक दुर्घटना हुँदा दुईको मृत्यु

मिनीट्रक दुर्घटना हुँदा दुईको मृत्यु
काठमाडौं - काठमाडौँको दक्षिणकालीमा मिनीट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दक्षिणकाली नगरपालिका–९ हनुमानेस्थित सडकमा बा ३ ख ६१९९ नम्बरको मिनीट्रक अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा ट्रक चालक मकवानपुर थाहा नगरपालिका–४ का ३१ वर्षीय मोहनलाल रुम्बा र सहचालक अछामका २८ वर्षीय गोमबहादुर बुढाको मङ्गलबार राति मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारका क्रममा राष्ट्रिय ट्...

भक्तपुरमा खोपः चार हजारलाई दिइने

भक्तपुरमा खोपः चार हजारलाई दिइने
भक्तपुर - पहिलो चरणमा जिल्लामा चार हजार व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान आज भक्तपुर अस्पतालबाट शुरु भएको छ । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमलाई कोरोनाविरुद्धको खोप लगाएर भक्तपुरमा अभियान शुरु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देशपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यममा बालुवाटारबाट एकैपटक तीन अस्पतालबाट खोप अभियानको उद...

सूप खोपः खोप आउँदा स्वास्थ्यकर्मी खुशी

सूप खोपः खोप आउँदा स्वास्थ्यकर्मी खुशी
सुदूरपश्चिम - सेती प्रादेशिक अस्पताल धनगढीमा आज कोरोनाविरुद्धको खोप अभियानको औपचारिक शुभारम्भ कार्यक्रम भइरहँदा अस्पतालकी प्रसूति विभाग प्रमुख यशोदा ढकाल खुशी देखिनुहुन्थ्यो । कोरोना महामारी आउँदा अग्रपङ्क्तिमा रहेर काम गरेको अनुभव लिनुभएकी ढकालले कोरोना खोप आउँदा आफू खुशी रहेको प्रतिक्रिया दिनुभयो । “कोरोनाको महामारीका बेला नडराएका हामीले खोप लगाउन पाउँदा डराउनुपर्ने कारण छैन”, उहाँले भन्नुभयो, ...

निर्वाचन समाचारः पर्वतमा साढे सात हजार मतदाता थप

निर्वाचन समाचारः  पर्वतमा साढे सात हजार मतदाता थप
पर्वत - माघ आगामी वैशाख १७ र २७ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचनको तयारी पर्वतमा पनि थालिएको छ । निर्वाचन आउन तीन महिना बाँकी रहँदा जिल्लामा मतदाता नामावली अद्यावधिक र मतदानस्थल तथा मतदान केन्द्रको अद्यावधिकमा जिल्ला निर्वाचन कार्यालय जुटेको छ । जसअन्तर्गत स्थानीय राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधिसँगको छलफललाई निरन्तरता दिइएको छ । निर्वाचन कार्यालयका अनुसार आगामी निर्वा...

चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा

चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा
लहान - विगत केही दिनयता बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गरी सिरहा नगरपालिकाले आजदेखि तीन दिन नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि चिसो छल्न सिरहा नगरपालिकाले आजदेखि शुक्रबारसम्म नगर क्षेत्रका सबै विद्यालयमा बिदा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले जानकारी दिनुभयो । चिसोका कारण विद्यालयमा अध्ययन, अध्यापन गर्न कठि...