कृष्ण भक्त राई र हेमुस्मृतिको ‘तरेबा ज्यु ए’

कृष्ण भक्त राई र हेमुस्मृतिको ‘तरेबा ज्यु ए’
काठमाडौं - कृष्ण भक्त राई र हेमुस्मृति चोङ्बाङको स्वरमा रहेको पुर्वेली लोक गीत ‘तरेबा ज्यु ए’ गीतको भिडियो सार्वजनिक भएका छन् । एस. पि. निङ्लेकुको शब्दलाई  मनोज साङसोन राईले संगीत र संगीत संयोजन गरेका हुन् । सुरेश राईले रेकर्डिङ अनि राजु कार्कीले मिक्सिङ र मास्टरिङ गरेका हुन् । भिडियोमा जे. पि. नेम्बाङ र हेमुस्मृति चोङ्बाङको अभिनय रहेको छ । साथमा कोरस नृत्य  Teenz Crew Dance Center Dhankuta,...

चासोक तङ्नामको तयारीमा जुट्दै लिम्बू समुदाय

चासोक तङ्नामको तयारीमा जुट्दै लिम्बू समुदाय
उर्लाबारी - मोरङको उर्लाबारीका लिम्बू समुदाय चासोङ तङनामको तयारीमा जुटेका छन् । प्रत्येक वर्षको धान्य पूर्णिमा दिन लिम्बू समुदायले न्वागी पर्वका रुपमा चासोक तङनाम मनाउने गर्छन् । चासोक पर्वका अवसरमा उर्लाबारी–९ स्थित आम्बारीमा मङ्सिर ३० गतेदेखि पुस ४ गतेसम्म ५ दिने बृहत् सांस्कृतिक कार्यक्रमसहित जातीय महोत्सवको आयोजना गर्न लागिएको किरात याक्थुम चुम्लुङ उर्लाबारीका अध्यक्ष बानु सुब्बाले बताउनुभय...

सर्वोच्चको बोर्डमा कालो रङ्ग छ्याप्ने विनु यादव पक्राउ

सर्वोच्चको बोर्डमा कालो रङ्ग छ्याप्ने विनु यादव पक्राउ
काठमाडौं - सर्वोच्च अदालतको बोर्डमा कालो रङ्ग छ्यापेकी विनु यादव पक्राउ परेकी छिन् । आज बिहान सर्वोच्च अदालतको गेटमा रहेको बोर्डमा कालो रङ्ग छ्यापेकी यादवलाई प्रहरीले पक्राउ गरेको हो । कालो साडीमा आएकी विनुले बोतलमा ल्याएको कालो रङ्ग सर्वोच्च अदालतको बोर्डमा छ्यापेकी थिइन् । सिरहाकी यादवले श्रीमानबाट घरेलु हिंसामा परेको बताउँदै आएकी छिन् । यादवले श्रीमानबाट आफू हिंसामा परे पनि न्याय नपाएको भ...

रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै

रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
काठमाडौं - सहकारीको रकम अपचलन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज (मंगलबार) काठमाडौं ल्याइने भएको छ । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा पक्राउ परेर अनुसन्धान भइरहेको समयमा काठमाडौंको अर्को सहकारीमा पनि संलग्न रहेको पाइएपछि आज अनुसन्धानका लागि ल्याइने भएको हो । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेमाथि काठमाडौं ज...

आज यी स्थानमा बिजुली काटिने

आज यी स्थानमा बिजुली काटिने
काठमाडौं - काठमाडौँको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले आज बिजुली काटिने जनाएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने जनाएको हो । प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै सेवा अवर...

अनलाइन अवरुद्ध हुँदा एक सातादेखि राहदानी वितरण प्रभावित

अनलाइन अवरुद्ध हुँदा एक सातादेखि राहदानी वितरण प्रभावित
काठमाडौं - राहदानी विभागको अनलाइन प्रणाली बुधबारदेखि अवरुद्ध छ । प्रणाली अवरुद्ध हुँदा राहदानी वितरण प्रभावित भएको छ । आइतबारदेखि आंशिक सुचारु भए पनि देशभित्र र बाहिरका हजारौं सेवाग्राही मर्काका परेका छन् । म्याग्दी घर भएका नवराज जैसी कतारमा काम गर्छन् । त्रिपुरेश्वरस्थित विभाग परिसरमा भेटिएका जैसीले केही दिनमा कतार फर्कनुपर्ने भएकाले राहदानी नवीकरण चाँडो हुन्छ भनेर काठमाडौं आएर निवेदन दिएको बताए...

आजको मौसम, यी स्थानमा हुने छ वर्षा

आजको मौसम, यी स्थानमा हुने छ वर्षा
  काठमाडौं - मंगलबार कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भूभागका एक /दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

एनपीएलको टिकट विक्री शुरु

एनपीएलको टिकट विक्री शुरु
काठमाडौं  -  यही मंसिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल), क्रिकेट प्रतियोगिताका लागि टिकट बिक्री खुला गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूका लागि टिकटदर सार्वजनिक गरेको हो । क्यानका अनुसार मंसिर १५ गतेदेखि हुने एनपीएलको उद्घाटन खेलका लागि सामान्य टिकट ३ सय र भीआईपीका लागि ७ सय रुपैयाँ टिकट लाग्ने छ । लिग खेलका लागि सामान्यतर्फ ३ सय र भीआईपीका ल...

प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस

प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
 काठमाडौं - नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरिएको छ। गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषद्मा पेस गरेको हो। प्रहरी ऐन–२०१२ मा व्यवस्था भएका...

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाको कामको गतिलाई तीब्रता दिने विषयमा आज सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुख लगायतसंग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा विभिन्न २४ वटा राष्ट्रिय गौरवका आयोजनाको हालको अवस्था, वित्तीय तथा भौतिक प्रगति, विद्यमान समस्या र समाधानका उपायको प्रस्तुतिकरण गरिएको छ। ती आयोजनामा स्रोत सुनि...