गोपाल गिरी पत्रकारिता पुरस्कार यादव र केशरीलाई
वीरगञ्ज - नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले आफ्नो ५४औँ साधारणसभाको अवसरमा स्व गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार वीरगञ्जबाट प्रकाशित हुने नारायणी टुडे दैनिक पत्रिकाका प्रबन्ध निर्देशक तथा सम्पादक गया यादव र गोरखापत्रकर्मी कन्हैयालाल केशरीलाई प्रदान गरेको छ ।
यादव र केशरी विगत लामो समयदेखि पत्रकारिता पेशामा आवद्ध रही पत्रकारिता क्षेत्रमा समर्पित रहेकाले उहाँहरुलाई जनही रु २५ हजार,...