काठमाडौं  नेपालकै पहिलो महिला सरोद वादक रुपा न्यौपानेको एकल सरोद वादन सम्पन्न भएको छ ।

सांस्कृतिक संस्थानद्वारा आयोजित वाद्य-वन्दना कार्यक्रमको १२औँ श्रृङ्खला अन्तरगत नेपालकै पहिलो महिला सरोद वादक रुपा न्यौपानेको सरोदवादन प्रस्तुत गरेकी हुन ।

तीन दशक देखि सरोदवादनममा सक्रिय न्यौपानेले यस अघि पनि थुप्रै एकल प्रस्तुति दिइसकेकी छन् ।
राग वृन्दावनीसारंग बाट आफ्ना प्रस्तुति शुरुवात गरेकी त्यस बाहेक राग भैरवीमा आधारित विभिन्न धुनहरु बजाएकी थिइन् ।

उक्त कार्यक्रममा उपा चन्दले तानपुरामा र मनोज गौतमले तबलामा साथ दिएका थिए ।

तपाईको प्रतिक्रिया