लमजुङ – जिल्लामा आर्थिक वर्ष २०७९र८० मा दुई सय ९१ घरेलु उद्योग दर्ता भएका छन् । एक वर्षको अवधिमा पर्यटन तथा साना उद्योग कार्यालय लमजुङमा दुई सय ९१ नयाँ उद्योग दर्ता भएका हुन् ।
यस अवधिमा तीन सय ९८ घरेलु उद्योगको नवीकरण भएको कार्यालय प्रमुख मीताकुमारी थापाले बताउनुभयो । उहाँका अनुसार सोही अवधिमा वाणिज्यतर्फ दुई सय आठ नयाँ दर्ता भएका छन् भने पाँच सय १८ को नवीकरण भएको छ ।
आव २०७८र७९ मा छ सय ८५ घरेलु उद्योग दर्ता भएका थिए । कार्यालय प्रमुख थापाका अनुसार सो अवधिमा दुई सय ८२ घरेलु उद्योगको नवीकरण भएका थिए । वाणिज्यतर्फ चार सय आठ नयाँ दर्ता भएका थिए भने तीन सय ७१ नवीकरण भएका उक्त कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार आव २०७७र७८ मा नौ सय ७०, आव २०७६र७७ मा छ सय ६९, आव २०७५र७६ मा चार सय ६८ आव र २०७४र७५ मा दुई सय ६७ नयाँ उद्योग दर्ता भएका कार्यालयले जनाएको छ ।
बेँसीसहर बजार, सुन्दरबजार, भोटेओडार, सोती पसल भोर्लेटारलगायत स्थानमा उद्योग÷व्यवसाय तथा पसल गर्नेको सङ्ख्या बढिरहेकाले नयाँ उद्योग दर्ता पनि बढेको कार्यालय प्रमुख थापाले बताउनुभयो ।
उहाँका अनुसार दर्ता भएकामध्ये अधिकांश कृषि फर्म, सिलाइकटाइ, अलैँची, ब्युटिपार्लर, कृषि औजार, मौरीपालन, बङ्गुर फर्म, दालमोठ उद्योग, पर्यटन उद्योगलगायत छन् । जिल्लामा हालसम्म पाँच हजार छ सय ६२ घरेलु उद्योग दर्ता भएको छ भने पाँच हजार तीन सय ४५ वाणिज्य दर्ता भएको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया