रसुवा, रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा कैसाङ नुर्पु तामाङले २ हजार ५ सय ६३ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पेम्बा छिरिङ तामाङले २ हजार ८० मत पाए । यसैगरी उपाध्यक्षमा प्रतिमा लामाले २ हजार ५ सय ४५ मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी देकी तामाङले २ हजार ८८ मत ल्याएर पराजित भइन् ।

यस पालिकामा ६ वटा वडा छन् । वडा नम्बर १ मा नेकपा एमालेका उर्केन छिरिङ तामाङ, वडा नम्बर २ मा नेपाली कांग्रेसका कामी छिरिङ तामाङ, वडा नम्ब ३ मा नेकपा एमालेका मिङमर छिरिङ तामाङ, वडा नम्बर ४ मा नेपाली कांग्रेसका डिण्डु लामा ज्याबा तामाङ, वडा नम्बर ५ मा नेकपा एमालेका दावा मिङमार तामाङ र वडा नम्बर ६ मा नेकपा एमालेका दावा सिदार वाइबा विजयी भएका छन् ।

गोसाइँकुण्ड गाउँपालिकामा ५ हजार ८ सय ९० मतदाता रहेकोमा ४ हजार ७ सय ७३ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया