जकार्ता – कोरोना सम्बन्धी स्थानीय नियमको उल्लंघन गर्दै ‘फेक मास्क’ लगाएको प्य्रांक गर्ने दुईजना युटुबरहरुलाई इन्डोनेशियाको बालीमा कारबाही हुने भएको छ । 

त्यही प्रयांक भिडियोका कारण अहिले स्थानीय सरकारले जोश पेलेर लिन र लेइआ सेको  पासपोर्ट जफत गरेको छ र अब उनीहरुलाई इन्डोनेशियाबाट आफ्नै देश फिर्ता पठाउनेबारे समेत निर्णय भइरहेको बताइएको छ । 

भिडियोमा पहिले लेइआलाई मास्क नलगाएका कारण एउटा स्टोर भित्र प्रवेश गर्न दिइँदैन । यसपछि उनले आफ्नो अनुहारमा पेन्ट गरि फेक मास्क बनाएर फेरि त्यही स्टोरमा जाँदा उनलाई त्यहाँ भित्र छिर्न दिइन्छ । अप्रिल २२ मा राखिएको सो भिडियो केही बेरमै भाइरल बनेको थियो । युट्युबमा लिनका ३४ लाख सस्क्राइबरहरु छन् । 

इन्डोनेशियाका धेरै ठाउँमा हाल मास्क लगाउन अनिवार्य गरिएको छ । र पहिलोपटक गलती गरेकाहरुलाई जरिवाना तोकिएको छ भने विदेशीहरुलाई चाहिँ तिनको देश फिर्ता पठाइने समेत नियम रहेको छ । यसमा लिन र सेको यो पहिलो नियम उल्लंघन भएपनि उनीहरुको प्रयांक भिडियो सामाजिक संजालमा अधिक चर्चामा आएपछि त्यसले बालीको आधिकारिक निकायको समेत ध्यानाकर्षण गराएको हो । यसपछि उनीहरु दुवैको पासपोर्ट जफत गरिएको छ । लिन ताइवानकी हुन् र अमेरिकामा बस्छिन् भने से चाहिँ रुसी नागरिक भएको प्रहरीको बयानमा बताइएको छ । 

यस्तोमा अहिले उनीहरुलाई फिर्ता पठाउनेबारे निकायहरुले निर्णय लिइरहेको बालीस्थित मानव अधिकार तथा कानुन मन्त्रालयका प्रवक्ताले बताए । 

यस घटनापछि लिनले सो भिडियो आफ्नो युट्युब च्यानलबाट हटाएकी छन् र इस्टाग्राममा अर्को भिडियो राख्दै माफी मागेकी हुन् । भिडियोको उद्देश्य कानुनको अपमान गर्नु या मास्क नलगाउन प्रोत्साहन गर्नु नभएको र केबल मनोरञ्जनका लागि मात्र गरिएको उनले स्पष्टिकरण दिएकी छन् । आफू युट्युबमा ‘कन्टेन्ट निर्माता’ भएकाले आफ्नो काम नै मानिसहरुलाई मनोरञ्जन गराउनु रहेको उनले बताइन् । यसो भनिरहँदा भिडियोमा दुवैले मास्क लगाउँदै माफीका लागि अपील गरेका हुन् ।  

यसअघि पनि इन्डोनेशियाका मास्क नलागाउने विदेशीहरुलाई अनौठो सजायँ दिएको खबर चर्चामा आएको थियो । अष्ट्रेलियन न्युज च्यानलमा प्रशारण गरिए अनुसार मास्क लगाउन अल्छि गर्ने पर्यटकलाई प्रहरीले ‘पुश–अप्स’ र उठबस लगायत गर्न लगाएका थिए । सीएनएन 

तपाईको प्रतिक्रिया