काठमाडौं – ‘फिल – फिल जामा’ (तामाङ सेलो ) बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित मोडल निरन्जली लामा र कुमार मोक्तानको अभिनय रहेको यो गीतमा बीरे तामाङ र जीतु लोप्चनको स्वर रहेको छ । शब्द कुमार स्याङवाले गरेका छन् भने संगीत बिसाल कल्तानले गरेका हुन् ।

प्रतिक न्गेस्युरले निर्देशन गरेको उक्त भिडियोलाई सुर्य लामाले छायांकन / सम्पादन गरेका हुन् ।

भक्तपुरमा आज एक कार्यक्रमको आयोजना गरी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुस्……

तपाईको प्रतिक्रिया