काठमाडौं – नेपाली साथै विभिन्न भाषा -भाषिको गीतहरुमा गीत गाएर रेकर्ड राख्न सफल गायिका पूजा सुनुवारको दोश्रो गीति–एल्बम ‘रहर’ मा समाबेश गीत ‘हुन्छ भनन’.. सार्वजनिक भएको छ ।

डस म्युजिक प्रालिको प्रस्तुति रहेको एल्बम ‘रहर’ प्रमुख अतिथि, वरिष्ठ संगीतकार एवम् संगीतकार संघ नेपालका प्रथम (पूर्व) अध्यक्ष लक्ष्मण शेषले सार्वजनिक गरेका हुन । ‘हुन्छ भनन’ बोलको म्युजिक भिडियोमा प्रकाश सपुत र नायिका वर्षा राउतको अभिनय रहेको छ । सो एल्बममा पाँच गीत समावेश भएका छन्।

दीपक शर्माको शब्द र संगीत रहेको सो गीत ‘हुन्छ भनन’मा डेबिड शंकरको मेल भोकल रहेको छ । ‘रहर ’ एल्बममा गायिका पूजाको अलवा राजेश पायल राई, डेबिड शंकरको स्वर सुन्न सकिन्छ भने चर्चित गीतकार डिपी खनाल,दिपक शर्मा ,राम गोपाल ‘आशुतोष’ ,कृष्ण सुनुवार ,र खलनको मान्छे को शब्द रहेको छ भने । युवा सङ्गीतकार शङ्कर ‘थापा स्माइल’,दिपक शर्मा,शिब साम्पोङ्ग,अनिश श्रेष्ठ ,र पुस्कर सुनुवारको संगीत छ ।

अनुप चापागाईँको निर्देशनमा बनेको उक्त म्युजिक भिडियो लाई उत्सब दाहालले छायाँकन र बिकाश दाहालले सम्पादन गरेका छन् ।

भिडियो……

तपाईको प्रतिक्रिया