कसो गरि दिनहरु कटाउदैछौ मेरी आमा !!
दुखहरु बढ्दैछ कि घटाऊदैछौ मेरी आमा !!

तिस पाथी बिउ लाग्ने सुन्छु खेत गर्दै छौरे !!
खै के गरि खेतालालाई खटाउदै छौ मेरी आमा !!

मृत्युदण्ड मैले पाउने समाचार त् सुन्यौ होला !!
पिरै पिर मनमा कति अटाउदैछौ मेरी आमा !!

ऋण नै ऋण छ जता पनि केहि दिन भनि टार्थ्यौ !!
कर्णे साहुलाई आजकल के बताउदैछौ मेरी आमा !!

यहा मलाई बाडुल्किले दिन रात सताउछ !!
भनिदेउन याद कति पठाउदैछौ मेरी आमा !!

सन्जय निङ्गलेकु लिम्बु
फेदाप गा.पा. साबिक सिम्ले ४ तेह्रथुम
हाल – अनामनगर काठमाण्डौ

तपाईको प्रतिक्रिया