काठमाडौं – लिम्बू कथानक चलचित्र ‘केसाङ्ला’ आसाम राज्यको १७ जिल्लामा प्रदर्शन हुने भएको छ । लिम्बू महासभा आसामको केन्द्रिय अधिवेसनमा सांस्कृतिक कार्यक्रमकासाथ राखिएको जानकारीसभा अनुसार चलचित्र फेब्रुअरी दोस्रो हप्तादेखि प्रदर्शन हुनेछ ।

चोकफूङ इन्टरटेन्मेन्ट प्रा.लि. को ब्यानरमा निर्माण भएको लिम्बू संस्कृतिमा आधारित ‘केसाङ्ला’ यस अघि हङकङ, कोरिया र नेपालको विभिन्न ठाउँहरूमा सफलतापूर्वक प्रदर्शन भइसकेको छ । आसाममा पनि सफलतापूर्वक प्रदर्शन हुने कुरामा आफू ढुक्क रहेको प्रदर्शन समितिका संयोजक भिम नेयोहाङ सुब्बा बताउछन् ।

लोकेन सांवा लिम्बूको निर्देशन रहेको उक्त चलचित्रमा फिपरानी तुम्वाहाम्फे, विष्णुकुमार पन्धाक, संजय तुम्वाहाम्फे र भिमकुमार तुम्वाहाम्फेको संयुक्त निर्माण रहेको ‘केसाङ्ला’ चलचित्रमा लक्ष्मी योङहाङ, भिम तुम्वाहाम्फे, विशाल सेनेहाङ, याम्निङ्वा योङ्हाङ, सनम पहाङ्गो र कुमार लुम्फुङ्वाको मुख्य भूमिका रहेको छ ।

त्यसैगरी यासेली योङ्हाङ्को शब्द, अशोक लोहोरुङ राईको पाश्र्वरसंगीत , मनु नेम्वाङ, श्रेयसी चेम्जोङ र असली वनेमको आवाज रहेको छ भने पटकथा देवेन्द्र खापुङ, सम्पादन विपिन मल्ल, छायांकन भुपेन्द्र तुम्वाहाम्फे र भेषभुषा कल्पना योङ्हाङको रहेको छ ।

तपाईको प्रतिक्रिया