![](https://namastetimes.com/wp-content/uploads/2019/11/100281353-gold_bars_piles_gettyP-538x433.jpg)
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदी मूल्यमा सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छ ।
यस्तै तेजावी सुन तोलामा ७० हजार ५०० मा कारोबार भएको छ ।
चाँदी सोमबार ८७० रुपैयाँमा कारोबार भएकोमा मंगलबार तोलामा ८६५ मा कारोबार भएको महासंघले जनाएको छ।