रसुवा । स्थानिय प्रशासनले रसुवागढि नाकाका केही युवाहरुलाई साथ दिदा अन्तराष्ट्रिय नाका व्यक्ति विशेष ढंगले चल्न थालेको छ ।
यस नाकामा आफु अनकुल प्रत्येक चालकबाट सवारी पास हुने क्रममा हजारौं रुपैँया कमिसन लिने गरेको खुल्नमा आएको छ ।

लकडाउनपछि खुलेको सो नाकामा देखिएको गतिविधिमा जिल्ला प्रशासन मौन बसेको स्थानीयकै आरोप छ ।
पिसिआर परिक्षण गरि मजदुर गर्नका लागि रसुवा भन्सार आएका हरुलाई समेत एपिएफले हप्किदप्कि गर्ने गरेको स्थानीय बताउँछन् ।

सरकारले यस क्षेत्रबाट हटाइ सकेको कन्टेनर सघं समिति समेत अहिले नयाँ ढंगले प्रस्तुत हुँदै प्रत्येक कन्टेनरबाट रकम असुल्दै आएको बुझिएको छ । उनीहरुले एक हजारदेखि ३५सयसम्म उठाउने गरेका छन् । उनीहरुले उठाएको रकमबाट मनोमानि ढंगले खर्च गर्ने गरेका समेत प्रमाण भेटिएको छ ।

उनीहरुले प्रत्येक सवारी चालकसँग ५ देखि १० हजारसम्म लिने गरिएको स्रोतको दावी छ । उनीहरुले समूह बनाएर गुन्डागर्दि शैलिमा नयाँ चालक भर्ना गर्नका लागि २५ हजार रुपैँया उठाउने कुरा समेत बाहिर आएको छ । यस विषयमा प्रशासनले छानविन सहित कारबाहि गर्न व्यवसायीले माग गरेका छन् ।

समितिले आफू खुसी ढंगले रकम उठाउन थालेपछि स्थानीयले अनावश्यक शुल्क बन्द गर्नु पर्ने माग राख्दै नाकामा धर्ना सहित अवरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया