काठमाडौं – मिस्टर एण्ड मिस टिन शेर्पा २०२१ (सिजन -३) को ट्यालेन्ट राउण्ड आज सम्पन्न भएको छ ।

गौतम बुद्ध फिल्मस प्रा. लि.ले आयोजना गरेको मिस्टर एण्ड मिस टिन शेर्पा २०२१ को ट्ल्यान्ट राउण्ड काठमाडौंस्थित नेपाल शेर्पा संघको भवनमा सपन्न भएको हो । काठमाडौं सहित सिन्धुपाल्चोक,सोलुखुम्बु र दोलखा लगायत विभिन्न जिल्लाबाट सहभागी भएका छन् । ट्यालेन्ट शोमा १६ जना प्रतियोगीहरुले नृत्य, गायन, भाषण कला आदि प्रस्तुत गरेका थिए ।

मिस्टर टिन शेर्पा उपाधिका लागि ६ जना किशोर र मिस टिनका लागि १० जना किशोरीहरुले अडिसन राउण्ड पार गदै ट्यालेन्ट राउण्ड सम्म आईपुगेका हुन् । यसको फाइनल राउण्ड भने माघ २५ गते आइतबार प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ ।

भिडियो….

तपाईको प्रतिक्रिया