७ कार्तिक,काठमाडौ । चर्चित गायिका पूजा सुनुवारले ओएस नेपाल म्युजिक अवार्ड-२०७६ मा सर्वोत्कृष्ट सुनुवार गायिकाको अवार्ड जितेकीछिन् ।

हिजो काठमाडौ स्थित प्रज्ञाप्रतिष्ठानमा आयोजित एक भव्य समारोहका बिच गायिका पूजाले उक्त अवार्ड हत्याएकी हुन ।

केही समय अगाडि स्रोता/दर्शक माझ ल्याइएको सुनुवार जाती/समुदायको भाषाको गीत ‘नम्सेवल’ (नमस्कार) सुनुवार समुदाय माझ निकै लोकप्रिय रहेको छ ।

कृष्ण सुनुवारको शब्द,पुष्कर सुनुवारको संगीत तथा उत्तम सुनुवारको भाषानुवाद एवं केशव विश्वकर्माको छायांकन र नवीन सुनुवारको सम्पादन रहेको उक्त गीतलाई गायिका पूजाले भाषा नबुझ्नेहरु लाई पनि नाचौं-नाचौं लाग्ने गरि निकै आकर्षक ढंगले गाएकी छिन् ।

उक्त गीत र भिडियोमा विषेश गरि राई,लिम्बू र सुनुवार लगायतका किराँत समुदायले मनाउने मौलिक चाडपर्व उधौली-उभौली र श्याँदर-पिदार (पितृ पूजा) को अवसरमा भेटघाट हुँदा दौँतरीहरु बिच गरिने ख्यालठट्टा र आफ्नो संस्कृतिको बारेमा संक्षेपमा उल्लेख गर्न खोजिएको छ ।

यस अघि पनि संगीतका विभिन्न विधामा देश-विदेशमा आयोजना भएका राष्ट्रिय तथा अन्तरास्ट्रिय थुप्रै अवार्ड र संमानहरु प्राप्त गरिसकेकी गायिका पूजा सुनुवारको भषाभाषी गीत गायन बाट भने यो दोस्रो अवार्ड हो । यसअघि उनले नेपाल भाषा (नेवारी) गीत बाट पनि सर्वोत्कृष्ट गायिकाको अवार्ड हत्याईसकेकी छिन ।

तपाईको प्रतिक्रिया