काठमाडौं – र्‍यापर तथा इन्जिनियर निराजन तिमल्सिनाको स्वरमा ‘नालापानी’ र्‍याप गीतको भिडियो सार्वजनिक भएको छ ।

ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्बजनिक गरिएको गीतमा नेपाल-अंग्रेज युद्धमा सहिद भएका एक योद्धाको कहानी प्रस्तुत गरिएको छ ।

शब्द लेखन र भिडियो निर्देशन गायक निराजनकै रहेको छ भने रेञ्ज रेकर्ड्सको संगीत रहेको छ । उक्त भिडियोमा निशा पाख्रिन, रजिन आचार्य साथै कलाकार बिकाश ढकाल र आरोग्य ढकाल रहेका छन् । आशिष गैरेले छायांकन र सम्पादन गरेका छन् ।

भिडियो

तपाईको प्रतिक्रिया