गृह मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदी सचिवमा बढुवा भएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो।

सचिव पदमा बढुवाका लागि सुवेदी एक नम्बरमा सिफारिसमा परेका थिए। सुवेदी, बालकृष्ण घिमिरे र दिनेश भट्टराईको नाम सिफारिस भएकोमा सुवेदी सचिव पदमा बढुवा भएका हुन्।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षताको सिफारिस समितिले एक सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेकोमा मन्त्रीपरिषदले सुवेदीलाई बढुवा गर्ने निर्णय गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ।

सुवेदीलाई कामकाजका लागि पदस्थापना भने गरिसकिएको छैन।

तपाईको प्रतिक्रिया