काठमाडौं – राष्ट्पति विद्यादेवी भण्डारीले सात मन्त्रालयको थप कार्यभार अर्काे व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्नेगरी तोक्नुभएको छ ।

सर्वोच्च अदातलले बुधबार अन्तरिम आदेश दिदै गृहमन्त्री रामबहादुर थापासहित ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही गर्न नदिन भनेर आदेश जारी गरेको थियो । त्यसैलाई कार्यान्वयन गर्नका लागि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई नै ति मन्त्रालयको ७ वटै मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले एक विद्दप्ती जारी गर्दै जानकारी गराएको हो ।

तपाईको प्रतिक्रिया