काठमाडौं – सरकारले बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीको पवित्र पर्व इदको अवसरमा साउन ६ गते बुधवार देशैभरि सार्वजनिक बिदा दिने निर्णय गरेको कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बैठकले नेपाललाई कोरोनाविरुद्धको थप खोप उपलब्ध गराउन मित्र राष्ट्र, विदेशी दाता र कम्पनीलाई आग्रह पनि गरेको छ । सकभर अनुदानमा खोप दिन तथा नेपालले खरिद गर्ने खोपलाई पनि प्राथमिकतामा राख्न सरकारले आग्रह गरेको छ ।