काठमाडौं – कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै नयाँ सरकार गठन गर्न पहल गर्ने भएको छ। कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ ।

शुक्रबारको बैठकबाट प्रतिगामी कदम चालेका ओलीलाई सत्ताबाट हटाएर आफैं सरकारको नेतृत्व गर्ने निर्णय लिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । ‘अब कांग्रेसले राजीनामा माग्ने निर्णय गरेको छ ।

कांग्रेसलाई यसअघि माओवादी प्रधानमन्त्री हुनुपर्छ भनेको थियो,’ उनले भने, ‘तर हाम्रा सभापति भने प्रधानमन्त्री हुने हतारोमा हुनुहुन्‍न । कांग्रेसले प्रधानमन्त्री बन्‍न हतारो नगर्ने भनेको थियो । तर अब हामीले राजीनामा मागिसकेपछि कांग्रेसकै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया